घाँस काट्ने क्रममा लडेर घाईते एक महिलाको हेलिकोप्टरबाट उद्धार
64x64
२०८० भाद्र १० आइतबार प्रेसपालिका संवाददाता
1533 Views

सत्य बटाला
रुकुम पश्चिम १०, भदौ ।
घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाईते भएकी एक महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -१, खेतकी ३५ वर्षीया बास्मती दमाईलाई उद्धार गरिएको हो ।

शनिवार बिहान सबेरै घरबाट घाँस काट्न गएकी दमाई घर नजिकैको भिरबाट लडेर करिब एक सय मिटर तल खसेको स्थानीयले जनाएका छन् । घटनास्थलबाट वडानम्वर -२, स्थित स्यालाखदी स्वास्थ्य चौकीमा उनको उपचार सम्भव नभएपछि हेलिकोप्टर मार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाईएको छ ।

नगरप्रमुख केसीले घाईतेको उद्धार गर्न हेलीकोप्टरका लागि प्रशासन समक्ष अनुरोध गरेका थिए । घटना स्थलमा सडक अबरुद्ध भएकाले घाईतेको उद्धारमा कठिनाई भएकाले हेलिकोप्टर प्रयोग गर्नु परेको आठबिसकोटका नगरप्रमुख रवि केसीले बताउनुभएको छ ।

घटनास्थल एकदमै दुर्गममा भएको र सडक भए पनि बर्षातमा अवरुद्ध भएकोले उद्धार गर्न समस्या भएको थियो । घटनास्थलमा प्रहरी र स्थानीयको सहयोगमा घाईतेको उद्धार गरिएको थियो । गम्भीर घाइते भएकी दमाईको हेलिकोप्टरबाट उद्धार गरि थप उपचारको लागि सुर्खेत पठाईएको हो ।

स्यालाखदी स्वास्थ्य चौकीमा कार्यरत चेतना यरीका अनुसार दमाईको अवस्था गम्भीर भएपछि नगरपालिका संग हेलिकोप्टर मार्फत उद्धार गर्न अनुरोध गरिएको थियो । नगरपालिकाको सहयोगमा सुर्खेतबाट हेलिकोप्टर मगाएर उद्धार गरिएको जनाईएको छ ।

वडानम्वर -१, का वडाअध्यक्ष देव बहादुर घर्तीका अनुसार घाईते दमाईको टाउको फुटेको र खुट्टा दुई ठाउँमा भाँचिएको छ । शनिवार बेलुकातिर स्वास्थ्य चौकी पुगेकी उनलाई प्राथमिक उपचार पछि प्रदेश अस्पताल सुर्खेत पठाईएको वडाअध्यक्ष घर्तीले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |