मुसिकोट नगरपालिकाका सबै सेवा बन्द
64x64
२०८० भाद्र १० आइतबार प्रेसपालिका संवाददाता
2250 Views

रुकुम पश्चिम १०, भदौ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका सबै सेवा बन्द भएका छन् । शनिबार नगर उपप्रमुख विमलकुमार पुनबाट नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नरेन्द्र ओलीमाथि हातपात भएको भनिएको घटनाको बिरोधमा कर्मचारीहरुले गेटमा तालाबन्दी गरि नगरका सबै सेवा बन्द भएका हुन् ।

कर्मचारीहरुले ८ बुँदे माग राखी नगर प्रमुख महेन्द्र केसीलाई पनि बुझाएका छन् । जसमा दोषिलाई कडाभन्दा कडा कारबाही र कर्मचारीहरुलाई भरपर्दो सुरक्षाको व्यवस्थाका साथै घटनाको छानविन गर्न उच्च स्तरीय न्यायिक समिति गठन गर्न माग गरिएको छ ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृतबाट कर्मचारीहरुको बैठक बसाल्नुपर्ने, कर्मचारीले कुनै गल्ति गरे कानुन वमोजिम कारबाही गर्नुपर्ने, जनप्रतिनिधि भएर आफैले कानुन बनाउने र कार्यान्वयनको समयमा कर्मचारीलाई दोषि देखाई आफू पन्छिने प्रवृत्ति रहेकोले आगामी दिनमा यसको अन्त्य हुनुपर्ने माग कर्मचारीहरुको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |