बेथिति र मनपरीलाई रोक्न खोजेको हुँ : उपप्रमुख पुन
64x64
२०८० भाद्र ०९ शनिबार प्रेसपालिका संवाददाता
2634 Views

रुकुम पश्चिम ९, भदौ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका उपप्रमुख विमल कुमार पुनले नगरपालिकाको बेथिति र मनपरीलाई रोक्न खोजिएको बताउनुभएको छ । शनिबार कर्मचारी हातपातका विषयमा पत्रकारहरु सङ्ग बोल्दै आफूले नगरभित्रको बेथितिलाई रोक्न खोजेको बताउनुभएको हो ।

जिल्ला स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयको शिक्षक पदपूर्ति गर्ने विषयमा नगरप्रमुख लगायत केही व्यक्तिको एकलौटी दादागिरी शैलीका विरुद्ध आफू उत्रिएको उहाँको भनाइ छ । `करार शिक्षक तथा कर्मचारी पदपूर्तिमा व्यापक जनगुनासो आइरहेका बेला झन् त्यसैलाई प्रोत्साहन गर्ने अबैध गतिविधि भयो । म यसैको विरुद्ध लागिपरेको हुँ, उहाँले भन्नुभयो ।´

त्यस्तै नगरपालिकाका नगरप्रमुख, निमित्त प्रमुख प्रसासकीय अधिकृत र शिक्षा शाखा प्रमुखले एकलौटी ढंगले शिक्षक पदपूर्तिका लागि नियम कानुन मिचेर परीक्षा लिन लागेकाले त्यसको विरोधमा बोलेको उहाँको भनाइ छ ।

नगरपालिकाले सुशासन कायम गर्न यसअघि नै कर्मचारी पदपूर्तिका लागि कार्यपालिकाको बैठकबाट प्रमुख, उपप्रमुख लगायतको एक समिति निर्माण गरेको छ । तर त्यसैलाइ लत्याएर मनोमानी ढंगबाट नगरप्रमुख लगायतका व्यक्तिले उपप्रमुखलाई समेत कुनै जानकारी नदिएर कर्मचारी भर्नाको सेटिङ्ग मिलाउन लागेको उहाँले बताउनुभएको छ ।

उपप्रमुखले आजै नगरपालिकाका एक कर्मचारीलाई आफूले हातपात गरेको भन्ने विषयमा  अनर्गल प्रचारबाजी गर्दै चरित्रहत्या गरिएकोप्रति दुखेसो पोख्नुभएको छ । आफू जहिले पनि यस्ता गतिविधि र अनियमितताका विरुद्धमा बोल्ने गरेको उपप्रमुख पुनको भनाइ छ ।

यता शिक्षा शाखा प्रमुख नरेन्द्र ओलीले भने नगर उपप्रमुखले आफूमाथि हातपात गरेको आरोप लगाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News