रुकुम पूर्वमा ग्राभिटी गुड्स राेपवे सञ्चालन
64x64
२०८० भाद्र ०६ बुधबार प्रेसपालिका संवाददाता
262 Views

निराजन सिर्पाली
रुकुम पूर्व ६, भदौ ।
रुकुम पूर्वमा ग्राभिटी गुड्स राेपवे सञ्चालनमा आएको छ । जिल्लाकाे भुमे गाउँपालिका वडानम्बर -४, काडाँ बगर र ८ नम्बर वडाको कुचीबाङ जाेड्ने ग्राभिटी गुड्स राेपवे सञ्चालनमा आएकाे हाे ।

बुधबार एक कार्यक्रमकाे आयाेजना गर्दै लुम्बिनी प्रदेश सांसद सुरुल पुनले ग्राभिटी गुड्स राेपवेकाे उद्घाटन गर्नुभएको छ ।

अति विकट मानिएको भुमे गाउँपालिका वडानम्बर -८, कुचीबाङ गाउँलाई मध्यनजर गर्दै ग्राभिटी गुड्स राेपवे निर्माण गरिएको प्राक्टिकल एक्सन नेपाल समुन्नती प्ररियाेजनाका प्रबन्धक देवदत्त भट्टले बताउनुभएको छ। याे विशेषगरि सामान ओसारपसारका लागि निर्माण गरिएको बताइएको छ ।

अब कुचीबाङ वासीलाई समान ओसारपसार गर्नमा ठुलो राहत हुने विश्वास लिइएको छ । उक्त ग्राभिटी गुड्स राेपवे सुन्ने इनर्जी ( विद्युतिय तथा इन्धन ) विनानै माथि बाट लाेड तथा गुरुत्वाकर्षण नियम अनुसार तलको सामान आफै माथितिर जाने बताइएको छ ।

यूकेएडको आर्थिक सहयोग र प्राक्टिकल एक्सन तथा विकास सरोकार समाज (डी-कोष) को प्रविधिक सहयोगमा रोपवे निर्माण गरिएको हाे ।

कूल १ हजार १ सय ४४ मिटर लामो यो रोपवेको उचाई ४ सय ८४ मिटर रहेको रापवे नेपालका प्रबिधिक शाेभाकान्त काफ्लेले जानकारी दिनुभएकाे छ । उहाँले कूल ४८ लाख ६८ हजार ६ सय ४७ रूपैयाँ लागतमा निर्माण सम्पन्न भएको बताउँदै यसबाट भुमे -८, का कुल २ सय ४२ घरधुरी लाभान्वित हुने बताउनुभएको छ ।

ग्राभिटी गुड्स राेपवेकाे कुचीबाङ बाट ९० केजी र काँडा बगरबाट ३० केजी लाेड क्षमता रहेको छ । ग्राभिटी गुड्स राेपवे सञ्चालन गर्नका लागि दुई जना अपरेटर खटाईने तथा अब २ मिनेटभित्रै सामान ओसारपसार गराउन मिल्ने बताइएको छ ।

सामान ओसारपसारबापत प्रतिकिलो २ रूपैयाँ लिने र यसबाट जम्मा भएको रकममध्ये ७५ प्रतिशत अपरेटर स्वयंले र बाँकी यसको सञ्चालन तथा व्यवस्थापनमा खर्च गरिने भुमे गाउँपालिका अध्यक्ष हाेम प्रकाश श्रेष्ठले बताउनुभएको छ ।

भुमे गाउँपालिका अध्यक्ष हाेम प्रकाश श्रेष्ठकाे अध्यक्षतामा सुरु भएको ग्राभिटी गुड्स राेपवे समुद्उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सुरुल पुनकाे प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिति रुकुम पूर्वका उप-प्रमुख माेहन बहादुर केसी काे बिशेष आतिथ्यता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |