मुसिकोटका तीन वडामा मानसिक स्वास्थ्य शिविर सम्पन्न
64x64
२०८० भाद्र ०६ बुधबार प्रेसपालिका संवाददाता
365 Views

रुकुम पश्चिम ६, भदौ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा मानसिक स्वास्थ्य सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । मुसिकोट नगरपालिका १४ वटै वडालाई लक्षित गरी नगरका ३ स्थानमा १ दिने शिविर सम्पन्न भएको हो ।

नगरपालिका अन्तर्गत वडानम्बर -७, साँख, वडानम्बर -११, को भलाक्चा र वडानम्बर -१४, को छिवाङमा शिविर सम्पन्न गरिएको छ । शिविरबाट नगरका १ सय २७ जना मानसिक स्वास्थ्य समस्या भएका बिरामीले सेवा लिएको सामुदायिक मनोसामाजिक कार्यकर्ता सर्बजित खड्काले जानकारी दिनुभएको छ ।

शिविरमा मानसिक रोग विशेषज्ञ डा. लिला देवकोटा, मानसिक स्वास्थ्य सुपरभाईजर सुनिता मल्ल लगायतको स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो ।

सिबिएम ग्लोबलको आर्थिक सहयोग तथा कर्णाली मानसिक स्वास्थ्य अन्तर्गत सिएमसि नेपाल र मुसिकोट नगरपालिकाको साझेदारीमा १ दिने मनोसामाजिक स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |