अनुगमन टोलीले भत्कायो गुणस्तरहीन अस्पताल भवन
64x64
२०८० भाद्र ०६ बुधबार प्रेसपालिका संवाददाता
1736 Views

सत्य बटाला
रुकुम पश्चिम ६, भदौ ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका -९, मा निर्माणाधीन अस्पतालको भवन भत्काईएको छ । नगर अस्पताल नजिकै रहेको अस्पतालको भवनमा गुणस्तरहीन काम भैरहेको पाइएपछि पालिकाबाट खटिएको अनुगमन टोलीले भवन भत्काएको हो ।

भवन निर्माणका लागि बनाइएको मापदण्ड ख्याल नगरी ठेकेदारले आफूखुसी गुणस्तरहीन भवन बनाएकाले अनुगमनका क्रममा भत्काईएको ईन्जिनियर राजेश गौतमले जानकारी दिनुभएको छ । उहाँका अनुसार भवनको भित्री भागको भुइँमा गरिएको ढलान, भवनको गाह्रो, बाहिरपट्टी गरिएको प्लास्टर भत्काइएको छ ।

गलवा क्याराभान जेभी कन्स्ट्रक्सन प्रालिले २०७८ सालमा १२ करोड १० लाखमा दुई वर्ष भित्र निर्माणको काम सक्ने भनि सम्झौता गरेको थियो । तर उक्त कम्पनीले प्राविधिक कारण देखाउँदै नगरपालिकाको कार्यपालिका बैठकले म्याद थप गरि २०८१ असार मसान्त सम्म भवन निर्माण गर्न निर्देशन दिएको थियो ।

उक्त कन्ट्रक्सनको काममा नगरपालिकाको प्राविधिक टोली अनुगमनमा जाँदा बालुवा, गिट्टी,  सरिया, सिमेन्ट लगायतको अनुपात नपुगेको हुँदा निर्माणाधीन भवन भत्काईएको योजना शाखा प्रमुख रत्न परियारको भनाइ छ । अनुगमन टोलीले  ठेकेदारलाई भत्काईएको संरचना गुणस्तरयुक्त तरिकाले पुनः निर्माण गर्न निर्देशन समेत गरेको छ ।

यहाँको नगरपालिकाले यसअघि पनि पालिकाका गुणस्तरहीन काम भएका धेरै संरचना भत्काउँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |