पत्रकार प्रचण्ड खत्री माथि हातपात
64x64
२०८० भाद्र ०५ मंगलबार प्रेसपालिका संवाददाता
1855 Views

रुकुम पश्चिम ५, भदौ ।
प्रेस सेन्टर नेपाल बाँफिकोट गाउँपालिका समिति रुकुम पश्चिमका अध्यक्ष तथा संगठनका जिल्ला समन्वय समिति सदस्य एवं मध्यान्ह दैनिकमा कार्यरत पत्रकार प्रचण्ड खत्रीमाथि हातपात भएको छ । बाँफिकोट गाउँपालिका -४, छिनखेतका मेडिकल व्यवसायी लक्ष्मण शाहीले हातपात गरेका हुन् ।

समाचारमा शाहीले संचालन गरेको सिस्ने हिमाल मेडिकल हलको फोटो राखेको भन्दै पत्रकार खत्रीमाथि हातपात गरेका छन् ।

हातपातका साथै ज्यान मार्ने धम्की दिएको र आफूले प्रयोग गर्दै आएको मोबाइल खोसेर फालिदिएको पत्रकार खत्रीको भनाइ छ ।

यसैविच प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति रुकुम पश्चिम र प्रेस सेन्टर नेपाल मुसिकोट नगर समितिले घटनामा संलग्न शाहीलाई कारबाहीको माग गरेको छ । खत्रीमाथि हातपात भएको र ज्यान मार्ने धम्की दिएको घटनाले संगठनको गम्भीर  ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कानुन बमोजिम कारबाही गर्न माग गरेको हो ।

अनुगमनको समाचारमा आफ्नो मेडिकलको फोटो प्रयोग गरेको भन्दै शाहीले पत्रकार खत्रीमाथि हातपात गर्नुका साथै ज्यान मार्ने धम्की दिएको तथा मोबाइल खोसेर फालिदिएको घटना सिंगो प्रकारितामाथिको हमला हो भन्ने हाम्रो संगठनको ठहर छ, संगठनका अध्यक्ष देवकुमार ओलीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै समाचारमा चित्त नबुझे कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै पनि पत्रकारमाथिको हमला प्रेस स्वतन्त्रता माथिकै हमला हो, पत्रकार खत्रीप्रति गरिएको हातपातको घोर भ्रत्सना गर्दै दोषी उपर कडा कारबाहीका लागि प्रहरी, प्रशासन समक्ष जोडदार माग गर्दछौं, विज्ञप्तीमा भनिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |