मानसिक स्वास्थ्य सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न
64x64
२०८० भाद्र ०५ मंगलबार प्रेसपालिका संवाददाता
405 Views

रुकुम पश्चिम ५, भदौ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा मानसिक स्वास्थ्य सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । मुसिकोट नगरपालिका वडानम्बर -७, को साँखमा १ दिने शिविर सम्पन्न भएको हो ।

सिबिएम ग्लोबलको आर्थिक सहयोग तथा कर्णाली मानसिक स्वास्थ्य अन्तर्गत सिएमसि नेपाल र मुसिकोट नगरपालिकाको साझेदारीमा १ दिने मनोसामाजिक स्वास्थ्य शिविर सम्पन्न भएको छ  । शिविर बाट मुसिकोट नगरपालिका अन्तर्गत ६, ७, ८, ९ र १० नम्बर वडाका मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएका ४३ जना बिरामीले सेवा लिएको सामुदायिक मनोसामाजिक कार्यकर्ता सर्बजित खड्काले जानकारी दिनुभएको छ ।

खड्काका अनुसार यही भदौ ५ गते मुसिकोट नगरपालिका वडानम्बर -११, को भलाक्चा र ६ गते नगरको १४ नम्बर वडाको छिवाङमा शिविर राखिएको छ ।

शिविरमा मानसिक रोग विशेषज्ञ डा. लिला देवकोटा, मानसिक स्वास्थ्य सुपरभाईजर सुनिता मल्ल मुसिकोट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बेदराम ओली लगायत स्वास्थ्यकर्मीको टोलीले सेवा दिईरहेको छ ।

वडानम्बर -७, को शिविर उद्घाटन नगरप्रमुख महेन्द्र केसीले गर्नुभएको थियो । शिविरमा वडाध्यक्ष एक्क बहादुर पाण्डेको अध्यक्षता रहेको बताइएको छ ।

त्यस्तै बाकी वडाको शिविर उद्घाटन पनि नगरप्रमुख केसीले नै गर्ने जानकारी दिइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |