युवक हत्याको पाँच जना आरोपित पक्राउ
64x64
२०८० भाद्र ०५ मंगलबार प्रेसपालिका संवाददाता
572 Views

निराजन सिर्पाली
रुकुम पूर्व ५, भदौ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले एक युवाको कुटपिट गरि  हत्या गरेको अभियोगमा पाँच जना युवालाई पक्राउ गरेको छ । भूमे गाउँपालिका वडानम्बर -५, का २८ वर्षीय अन्जान बुढा मगरलाई कुटपिट गरेर हत्या गरिएको अभियोगमा पाँच जना युवालाई पक्राउ गरिएको हो ।

गत भदौ १ गते बुढा मगरलाई कुटपिट गरेर गम्भीर  घाईते बनाइएको थियो । मछेना स्थित गोठबाट घरतिर फर्कने क्रममा पाँच जना युवाको आक्रमणमा परेर घाईते भएका उनलाई उपचारको लागि रुकुम पूर्व अस्पतालमा ल्याईएको थियो ।

तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि भदौ ३ गते कोहलपुर मेडिकल कलेज रिफर गरिएकोमा सोही दिन नै घाईते अन्जानको मृत्यु भएको हो।

कुटपिट गर्नेमा जिल्लाको भूमे गाउँपालिका वडानम्वर -५, का ३१ वर्षीय चन्द्र बहादुर बुढा, सोही गाउँका २८ वर्षीय भाग्य बुढा, २५ वर्षीय तारा बहादुर बुढा, २५ वर्षीय रस्त बहादुर बुढा र २५ वर्षीय हस्त बहादुर बुढा मगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गणेश पाण्डे जानकारी दिनुभएको छ ।

प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका पाँच जनालाई ज्यान सम्बन्धी कसुर मुद्धामा पक्राउ गरेको जनाएको छ। सोमबार रुकुमकोट जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |