हराएको तीन साता सम्म भेटिएनन् रुकुम पूर्वका एक युवक
64x64
२०८० भाद्र ०४ सोमबार प्रेसपालिका संवाददाता
358 Views

निराजन सिर्पाली
रुकुम पूर्व ४, भदौ ।
रुकुम पूर्वका एक युवक हराएको झण्डै तीन साता सम्म पनि भेटिएका छैनन् । जिल्लाकाे सिस्ने गाउँपालिका वडानम्बर -४, दादिङका ३१ वर्षीय  रमेश घर्ती हराएको करिब १९/२० दिन सम्म नभेटिएकाे उहाँकी आमा मनकुमारी घर्तीले जानकारी दिनुभएको छ ।

घर्ती यस अगाडि करिब ५ वर्ष वैदेशिक राेजगारका लागि दुबईमा हुनुहुन्थ्यो । घर परिवारका अनुसार घर्ती दुबईबाट घर फर्किए पनि बिच बाटाेबाटै घर नपुगेर सम्पर्क बिहिन भएको बताइएको छ ।

आमा मनकुमारीले भन्नुभयो, `घर आउने भनेर सिस्ने -४, कै असारे चिउरा भन्ने ठाउँमा बास बसेकाे भन्ने खबर पायौं तर घर आएन । त्यस पछि धेरै ठाउँहरुमा खाेज्दा पनि भेटाउन सकेनौं । छाेरालाइ नभेटे पछि जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा छाेरा खाेजि दिन आग्रह गरियो तर अझै पनि केही अत्तोपत्तो छैन ।´

पछिल्लो समय दादिङमा मान्छे हराउने क्रम बढ्दो अबस्थामा  रहेकाे छ । याे दुई तीन महिनाकाे बिचमा दादिङ बाट ३ जना र गएको आर्थिक वर्षमा २ जना गरि ५ जान व्यक्त हराएका छन् । जसध्य ३ जनाको भने पहिचान भई सकेको र एक जनाकाे मृत्युु भएकाे छ । यसमा रमेश घर्तीकाे भने अहिलेसम्म पत्ता लागेको छैन ।

घर्तीकाे परिवारले जाे काेहीले पनि रमेश लाई देखे नजिकैको प्रहरी वा घर परिवारको सम्पर्क नम्बर ९८६६९१९२९६ मा सम्पर्क गरिदिनु हुन अपिल गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |