सल्यान दुर्घटना अपडेट : दुईजनाको मृत्यु १४ घाइते
64x64
२०८० भाद्र ०४ सोमबार प्रेसपालिका संवाददाता
1830 Views

रुकुम पश्चिम ४, भदौ ।
रुकुम पश्चिमबाट नेपालगञ्जको लागि जाँदै गरेको फोर्स गाडी (हाईस) दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सल्यानको कपुरकोट गाउँपालिका -३, आगरखोला भन्ने ठाउँमा आज दिउँसो भएको  दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

सल्यान प्रहरीका अनुसार दुर्घटनामा परेर रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -११, का ६० वर्षीय कमारो कामी र सल्यान दार्मा गाउँपालिका -२, का ३६ वर्षीय खुम बहादुर खत्री भन्ने ओम्पत खत्रीको उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा अन्य १४ जना घाईते भएको सल्यान प्रहरीले जानकारी दिएको छ । घाईते हुनेहरुमा सल्यानको दार्मा गाउँपालिका -२, का ६० वर्षीय  खिर्म खत्री, सोही स्थानका ४१ वर्षीया रुपा केसी, रुकुम पश्चिमकी ४० वर्षीया बिमला देवी पुन, सलयानको दार्मा गाउँपालिका -२, का ५१ वर्षीय  टिकाराम केसी, उहाँको छोरा १८ वर्षीय मानबहादुर खत्री र सोही गाउँका रमेश केसी रहेका छन् ।

त्यसैगरी रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -७, का ५० वर्षीया गौमती खड्का, सानीभेरी गाउँपालिका -११, का २६ वर्षीय पुस्कर रसाईली, चौरजहारी नगरपालिका वडानम्वर -१२, का ४६ वर्षीय पल बहादुर खड्का, चौरजहारी नगरपालिका -१४, का १८ वर्षीया माया मगर, सोही  ठाउँकी १६ वर्षीया निर्मला राना, सल्यानको दार्मा गाउँपालिका ५ की १६ वर्षिया रमिता चन्द, सानीभेरी गाउँपालिका -११, का २० वर्षिय भुपाल बिक र दार्मा गाउँपालिका -१ का ३२ वर्षीय ईन्द्रबहादुर केसी घाइते भएका छन् ।

दुर्घटनाको खबर लगत्तै घटनास्थलमा पुगेको प्रहरी टोली र स्थानीयले सबै यात्रुको उद्धार गरेर उपचारको लागि कपुरकोट स्थित स्वास्थ्य कार्यालयमा पठाएका थिए । अहिले घाईतेहरु सबैलाई थप उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर दाङ पठाईएको छ ।

लु २ ख ५७३१ नम्बरको हाईस सडकदेखि करिब दुई सय पचास मिटर तल खसेको बताईएको छ । गाडि चालक सल्यान जिल्ला दार्मा गाउँपालिका -१, का २३ वर्षीय एक्क बहादुर चन्द भने फरार रहेको बताईएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |