करेन्ट लागेर एक महिलाको मृत्यु
64x64
२०८० भाद्र ०२ शनिबार प्रेसपालिका संवाददाता
354 Views

निराजन सिर्पाली
रुकुम पूर्व २, भदौ ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडानम्वर -८, की एक महिलाको घर पोत्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । वडानम्बर -८, स्यालापाखाकी प्रतिक्षा बुढा पुनको करेन्ट लागेर मृत्यु भएको हो ।

शुक्रबार घर पोत्ने क्रममा करेन्ट लागेर घाईते पुनलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा लगिएपछि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक प्रतिक्षालाई घरको भित्ता पोत्ने क्रममा विद्युत लाईन सट भएर उहाँलाई करेन्ट लागेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News