नदीले जमिन कटान गर्दा झोलुङ्गे पुल उच्च जोखिममा
64x64
२०८० श्रावन ३० मंगलबार प्रेसपालिका संवाददाता
403 Views

रुकुम पूर्व ३०, साउन ।
वर्षाका कारण सानोभेरी नदिकाे बहाव बढेर नदी वरिपरिको जमिन कटान गर्दा रुकुम पुर्वकाे सिस्ने गाउँपालिका वडानम्बर -३ र सिस्ने ७ नम्बर वडा जाेडने झाेलुङ्गे पुल उच्च जाेखिममा परेको छ । केही दिन यता परेको अविरल बर्षाकाे कारण सिस्ने ३ स्थित  मुलपानीमा नदीले जमिन कटान गर्दा पुल जाेखिममा परेको हाे ।

नदीले जमिन कटान गर्दा सिस्ने ३ का स्थानीयहरुकाे घर सहित जग्गामा क्षति पुगेको छ । स्थानीयका अनुसार सिस्ने गाउँपालिका वडानम्बर -७ मा पर्ने नाथिगाड र सिस्ने ३ मा पर्ने जमिनमा तटबन्ध गर्ने कुरामा असहमति हुँदा अहिले उक्त समस्या उत्पन्न भएको बताइएको छ ।

सिस्ने ३ का स्थानीय डन्ड बहादुर खड्काका अनुसार गत वर्षको भन्दा याे वर्ष नदीले धेरै जमिन कटान गरेको भन्दै यसमा तत्काल सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

यस अघि प्रदेश सरकारकाे १८ लाख बजेटमा उक्त स्थानमा तटबन्ध निर्माण गरिएको भए पनि बाढीले भत्काइदिएकाे जिल्ला समन्वय समिति रुकुम पूर्वका सदस्य लालजित बुढाले बताउनुभएको छ । त्यस्तै उहाँले सम्बन्धित निकायले सो ठाउँमा तटबन्ध निर्माणका लागि इच्छा देखाए जस्तो गर्ने र पछि गएर पन्छिने काम भइरहेको गुनासो गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |