फरार प्रतिवादी दाङबाट पक्राउ
64x64
२०८० श्रावन २८ आइतबार प्रेसपालिका संवाददाता
300 Views

निराजन सिर्पाली
रुकुम पूर्व २८, साउन ।
रुकुम पूर्वका एक फरार प्रतिवादीलाई प्रहरीले दाङबाट पक्राउ गरेको छ । पुथा उत्तरगंगा गाउँपालिका वडानम्बर -११, का ५९ वर्षका मनबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

बुढा लागु औषध गाजाँ मुद्धाका फरार प्रतिवादी हुन्  । उनलाई प्रहरीले साउन २५ गते पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरी हवल्दार राजकुमार चौधरी समेतको प्रतिवेदन जाहेरीको आधारमा बुढालाई बाँके जिल्ला अदालतले ९ महिना २६ दिनको कैद सजाय सुनाएको थियो ।

फरार रहेका प्रतिवादी बुढालाई जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट खटिएको प्रहरी टोलीले साउन २५ गते दाङको घोराही उपमहानगरपालिका वडानम्बर -१८, गिठेपानीबाट पक्राउ गरिएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार बुढालाई रुकुमकोट जिल्ला अदालतमा पेश गरिएकाे छ । रुकुमकोट जिल्ला अदालतले ९ महिना २६ दिन कैद भुक्तानको लागि बुढालाई कारागार चलान गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News