क्यान्सर पीडित ओलीलाई आर्थिक सहयोग
64x64
२०८० श्रावन २८ आइतबार प्रेसपालिका संवाददाता
405 Views

रुकुम पश्चिम २८, साउन ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडानम्वर -८, निवासी १७ वर्षिय जनक ओलीको उपचारको लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।

घाँटिको क्यान्सरका कारण पीडित हुनुभएका ओलीको उपचारमा आर्थिक समस्या भएपछि विभिन्न व्यक्तिहरुले गर्नुभएको सहयोग आज उहाँकी आमालाई हस्तान्तरण गरिएको हो ।

सहयोगी अभियान्ता सानीभेरी गाउँपालिका ८ घर भई हाल जापानमा रहनुभएका नवराज केसीले बिरामी ओलीको आमा पवित्रा ओलीलाई ६० हजार रुपैयाँ हस्तान्तरण गरिएको जानकारी दिनुभएको छ । आईतबार नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी मार्फत बिरामीको आमालाई उक्त रकम हस्तान्तरण गरिएको छ ।

बिरामी ओलीको घाँटिमा क्यान्सर भएको गत फागुनमा मात्र पत्ता लागेको थियो । हिमालय मावि खोलागाउँमा बालि विज्ञान संकाय पढ्दै गरेका जनकलाई हाल उपचारमा आर्थिक समस्या परेको छ ।

जनककी आमा पवित्राका अनुसार छोराको उपचारको लागि घरको जायजेथा बेचेर हालसम्म करिब १६ लाख खर्च भैसकेको छ । अहिलेसम्म आठ पटक किमो चढाएको र २० पटक रेडियोेथेरापी गरिसकिएको छ । तर डाक्टरले नियमित उपचार गरिरहनुपर्ने बताएको आमा पवित्राले बताउनुभएको छ । जनकलाई अहिले घरमै राखिएको छ ।

संहयोग संकलन अभियान्ता केसीले सामाजिक सञ्जाल मार्फत सहयोगको लागि अनुरोध गरिएकोमा विभिन्न सहयोगी दाताहरुले उक्त रकम उपलब्ध गराएको बताउनुभएको छ । आज हस्तान्तरण गरिएको रकम विभिन्न व्यक्तिहरुले आफूले सहयोगका लागि आह्वान गरेको बैंक खातामा जम्मा गरेकोले र पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी मार्फत बिरामीको आमालाई दिईएको अभियान्ता केसीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार जनकको उपचारको लागि आफूले पाँच हजार दिनुभएको हो भने खमबहादुर ओलीले दश हजार एकसय, यामबहादुर खड्काले दुई हजार, प्रेम केसीले ६ हजार पाँचसय, बिनोद बिसीले पाँच हजार, उदिराम ओलीले चार हजार सहयोग गर्नुभएको छ ।

त्यसैगरी प्रकाश केसीले एक हजार, मोहन केसीले पाँच हजार तीन सय, पुष्पा ओली डाँगीले एक हजार पाँच सय, डियर लाल ओलीले दुई हजार ५ सय २५, पलभान ओलीले दुई हजार, तुलबिर केसीले दुई हजार, तिलक केसीले दुई हजार, विकास ओलीले दुईहजार, छबिलाल केसीले एक हजार ६ सय ५, मन्जिता ओलीले एक हजार ६ सय ५, कपिल ओलीले दुई हजार ९ सय १०, रमेश खड्काले एक हजार ४ सय ५५ र धनविर ओलीले एक हजार ४ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ ।

क्यान्सर पीडित जनकको उपचारमा सहयोग गर्न परिवारले अपिल गरेको छ ।

नाम : NABARAJ KC

माेबाइल नम्बर : 9849374479

खाता नम्बर 0770850744205001

sunrise bank sanibheri branch

जापानमा हुनेहरुका लागि सम्पर्क 08064530800

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News