नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पूर्वको शाखा उद्घाटन
64x64
२०८० श्रावन २८ आइतबार प्रेसपालिका संवाददाता
244 Views

निराजन सिर्पाली

रुकुम पूर्व २८, साउन ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पूर्वकाे कार्यालय लामो समय पछि विधिवत तरिकाले उद्घाटन गरिएको छ । शनिबार सिस्ने गाउँपालिका -५, बाहुनठाना स्थित  निर्वाचन कार्यालयकाे नजिकै भूमि आयाेग बस्ने घरकाे तल्लो तल्लामा महासंघ रहने गरि कार्यालय उद्घाटन गरिएको रुकुम पूर्व शाखाका अध्यक्ष मैत्या घर्तीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार महासंघ गठन भएको लामाे समय भइसक्दा पनि विविध कारण शाखाको कार्यालय  उद्घाटन गर्न सकिएको थिएन ।

शाखाको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मेघ बहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रखुम (डिएसपी) अन्जना श्रेष्ठ, जनप्रतिनिधि, विद्यार्थी नेता र संचारकर्मीहरुक‍ो उपस्थिति रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News