अनेरास्ववियू रुकुम पश्चिमको अध्यक्षमा रमेश मल्ल
64x64
२०८० श्रावन २५ बिहिबार प्रेसपालिका संवाददाता
484 Views

रुकुम पश्चिम २५, साउन ।
समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू रुकुम पश्चिमको १६ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार जिल्ला सदरमुकाम मुसिकोट खलंगामा सम्पन्न सम्मेलनले रमेश मल्लको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

जसको उपाध्यक्षमा कृष्णा बस्नेत, सचिव टीका ओली, उपसचिव रमण परियार र ईलाका बुढा मगर तथा कोषाध्यक्षमा प्रमिला मल्ल चयन हुनुभएको छ ।

जिल्ला कमिटी उप सचिव नवीन शर्माको संचालन रहेको कार्यक्रममा सङ्गठनका जिल्ला अध्यक्ष हुकुम बिसीको अध्यक्षता रहेको थियो ।

सम्मेलनमा  अनेरास्ववियू केन्द्रीय कमिटी उप- महासचिव एवम् कर्णाली प्रदेश ईन्चार्ज डम्बर सिङ, नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज एवम् कर्णाली प्रदेश सभाका पूर्व सांसद देवि ओली, पार्टी जिल्ला अध्यक्ष बिमल कुमार पुन, पार्टीका जिल्ला उपाध्यक्ष माधव प्रसाद गौतम र सचिव सुरज परियारको आतिथ्यता रहेको थियो ।

त्यस्तै उप सचिव एवम् अनेरास्ववियू रुकुमका पूर्व अध्यक्ष धनराज खड्का, अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य चागुनारायण बिष्ट, जाजरकोट अध्यक्ष जगतध्वज शाही, पार्टीका नेता एवम् युवा सघं रुकुमका पूर्व अध्यक्ष खोम भण्डारी, युवा सघं नेपाल केन्द्रीय कमिटी सदस्य खम्ब बहादुर ओली, समाजवादी प्रेस सङ्गठनका जिल्ला अध्यक्ष, भरत चन्द लगायतको आतिथ्यता रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |