पेट दुखेपछि थप उपचारका लागि चौरजहारी रिफर
64x64
२०८० श्रावन २३ मंगलबार प्रेसपालिका संवाददाता
431 Views

निराजन सिर्पाली
रुकुम पूर्व २३, साउन ।
भूमे गाउँपालिका की एक महिलालाई एक्कासी पेट दुखेपछि रुकुम पूर्व अस्पतालमा सामान्य उपचारपछि चौरजहारी अस्पतालमा रिफर गरिएको छ । जिल्लाको भूमे गाउँपालिका वडानम्बर -१, लुकुमकी २९ बर्षकी सृजना पुनलाई सोमबार बेलुका एक्कासी पेट दुख्न थाल्यो, रात भरी त्यतिकै अवस्थामा रहेपछि मंगलबार बिहानैदेखि धामी झाक्री र स्थानीय औषधि पसलबाट उपचार गराउँदा समेत निको नभएपछि उनलाई मंगलबार दिउँसो १ बजे तिर रुकुम पूर्व अस्पतालमा बेहोस अवस्थामा पुर्याइयो ।

तत्काल भिडियो एक्सरे गर्दा सृजनाको पाठेघर भन्दा बाहिर गर्भ बसेको शंका लागे पछि उनलाई रिफर गरिएको हो । रुकुम पूर्व अस्पतालमा सामान्य उपचार पछि उहाँलाई चौरजहारी अस्पतालमा रिफर गरिएको स्वास्थ्य कार्यालय रुकुम पूर्वका ल्याव टेक्निसियन तथा सूचना अधिकारी निम प्रसाद गिरीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार यस अघि गर्भ बसेको कुरा थाहा नपाउँदा यस्तो समस्या आएको हो । उहाँको रुकुम पूर्व अस्पतालमा भिडियो एक्सरे गरेपछि पाठेघर भन्दा बाहिर गर्भ बसेको आशंकामा रुकुम पश्चिमको चौरजारी अस्पतालमा रिफर गरिएको बताइएको छ ।

पछिल्लो समय रुकुम पूर्वमा चेतना अभावका कारण ज्यान गुमाउने देखि धन सम्पत्ति खर्चका साथै दुःख पाउनेहरुको संख्या बढ्दो रहेको पाईन्छ । अहिले बिरामी पुनको अबस्था सामान्य रहेको बताइएको छ । यही साउन २० गते शनिबार सिस्ने गाउँपालिका वडानम्बर -१, भट्टेचौरकी सपना बुढाको सुत्केरीको क्रममा विकट भौगोलिक अवस्था तथा आफ्नै जिद्दीका कारण शिशु सहित आमाको मृत्यु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |