आन्तरिक विशेष अभियानमा नेपाली काङ्ग्रेस
64x64
२०८० श्रावन २३ मंगलबार प्रेसपालिका संवाददाता
262 Views

रुकुम पश्चिम २३, साउन ।
रुकुम पश्चिमको नेपाली काङ्ग्रेस पार्टी सुदृढीकरणका लागि आन्तरिक विशेष अभियानमा जुटेको छ । आज बिहान काङ्ग्रेस पार्टी कार्यालय मुसिकोटमा आयोजित पत्रकार सम्मेलन मार्फत विशेष अभियान संचालन गरिएको जानकारी दिईएको हो ।

काङ्ग्रेस सभापति प्रेम प्रकाश ओलीका अनुसार यही २० देखि ३० गते सम्म जिल्लाका सबै पालिकामा आन्तरिक  विशेष अभियान संचालन गरिने छ । आन्तरिक विशेष अभियानले संगठन सुदृढीकरण सङ्गै बाढी पहिरो र विपदको सामना गर्न गाउँ सेवा दल गठन गर्ने बताइएको छ ।

सो सेवा दल जुनसुकै समयमा पनि आम नागरिकको सहयोगमा खटिने काङ्ग्रेस सभापति ओलीको भनाइ छ । पार्टीको आन्तरिक विशेष अभियानका लागि रुकुम पश्चिमका लागि नेपाली काङ्ग्रेसले केन्द्रीय सदस्य कर्ण बहादुर बुढालाई इन्चार्जको रुपमा खटाएको छ ।

पहिलो चरणको अभियान सम्पन्न पश्चात् आगामी भदौ १० देखि २४ गतेसम्म दोस्रो चरणको अभियान संचालन गरिने बताइएको छ ।

नेपाली काङ्ग्रेसले पार्टीको केन्द्रीय सर्कुलर अनुसार सबै जिल्लामा आन्तरिक विशेष अभियान संचालन गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News