चेतनामूलक कार्यक्रम गर्दै प्रहरी
64x64
२०८० श्रावन २२ सोमबार प्रेसपालिका संवाददाता
321 Views

निराजन सिर्पाली
रुकुम पूर्व २२, साउन ।
रुकुम पूर्वमा समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत चेतनामूलक कार्यक्रम संचालन गरिएको छ । डेङ्गु रोग फैलिन नदिन जिल्लाका अस्थायी प्रहरी पोस्टले समुदायमा पुगेर चेतनामूलक कार्यक्रम गरिएरहेका छन् ।

जसअन्तर्गत आइतबार जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व मातहतमा रहेको अस्थाई प्रहरी पोष्ट नायगाडले डेङ्गु रोग फैलिन नदिन तथा रोकथाम र न्यूनिकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । सिस्ने गाँउपालिका वडानम्बर -२, स्थित हिमालय मावि किंदा नायगाडमा रहेको अस्थाई प्रहरी पोष्ट नायगाडबाट प्रहरी सहायक निरीक्षक चित्र बहादुर बुढाथोकिको कमाण्डमा खटिएको ३ जनाको प्रहरी टोलीले सो कार्यक्रम गरेको हो ।

स्वास्थ्य चौकी प्रमुख जन स्वास्थ्य निरीक्षक काँसिराम खड्का, जनप्रतिनिधि, हिमालय मावि किंदा नायगाडका प्रधानाध्यापकको सहकार्यमा विद्यार्थीको उपस्थितिमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको बताइएको छ ।

पछिल्लो समय देशैभर महामारीको रुपमा डेङ्गु रोग फैलिएको छ । यसले देशका विभिन्न ठाँउहरुमा मानिसको ज्यान लिईसकेको छ । त्यसैलाई मध्यनजर गर्दै डेङ्गु रोगबाट बच्न जिल्लाभर विभिन्न  कार्यक्रम सञ्चालन गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News