प्रेस सेन्टर मुसिकोटको साधारण सभा सम्पन्न
64x64
२०८० श्रावन २० शनिबार प्रेसपालिका संवाददाता
306 Views

रुकुम पश्चिम २०, साउन ।
प्रेस सेन्टर नेपाल रुकुम पश्चिम मुसिकोट नगरपालिकाको दोस्रो साधारण सभा सम्पन्न भएको छ । शनिबार सदरमुकाम मुसिकोट खलंगामा भएको संगठनको दोस्रो साधाण सभाले फलिराम सिर्पालीको अध्यक्षतामा नयाँ नगर समिति चयन गरेको हो ।

समिति ९ सदस्यीय रहेको छ । २ जना सदस्य भने पछि थप गरिने संगठनले जनाएको छ । जसको उपाध्यक्षमा भिमबहादुर बुढा, सचिवमा घनश्याम खड्का र कोषाध्यक्षमा आयुषा रोका चयन हुनुभएको छ । सदस्यमा कपिल बिष्ट, अजित खड्का र रविन्द्र खड्का रहनुभएको छ ।

निवर्तमान अध्यक्ष दिपेन्द्र महताराको अध्यक्षतामा भएको साधारण सभामा नेकपा माओवादी केन्द्र मुसिकोटका अध्यक्ष दलबहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै संगठनका केन्द्रीय सदस्य मेगराज खड्का, कर्णाली प्रदेश सचिव धनकुमार शाही, जिल्ला अध्यक्ष देवकुमार ओली, सचिव मनिष खड्का, अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष विशाल बिष्ट, मुसिकोट नगर अध्यक्ष दुर्गाप्रसाद विश्वकर्मा लगायतको पनि आतिथ्यता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News