जबरजस्ती करणी मुद्दाका एकजना पूर्पक्षका लागि कारागार चलान
64x64
२०८० श्रावन १८ बिहिबार प्रेसपालिका संवाददाता
321 Views

निराजन सिर्पाली
रुकुम पूर्व १८, साउन ।
रुकुम पूर्वमा जबर्जस्ती करणी कसुर मुद्दाका एक युवक कारागार चलान भएका छन् । जिल्लाको पुथाउत्तरगंगा गाँउपालिका वडानम्बर -५, तल्लो गर स्थित एक १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका सोहि ठाउँका २२ बर्षीय जिवन गिरीलाई कारागार चलान गरिएको हो ।

२०७८ भदौ २२ गते राति ९ : ३० बजेको समयमा बालिकालाई जबरजस्ती करणी गरी घटना स्थलबाटै उनि फरार भएका थिए । अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले सुक्ष्म रुपमा खोजतलास गर्ने क्रममा कास्की जिल्लाको पोखरा फूलबारी स्थित डेरमा लुकीछिपी बसेको अबस्थामा प्रहरीले यही असार २४ गते उनलाई पक्राउ हो ।

थप अनुसन्धान पश्चात् रुकुमकोट जिल्ला अदालत रुकुम पूर्वको साउन १६ गतेको पत्र आदेशानुसार दोषी भनिएका गिरीलाई उक्त मुद्धा पूर्पक्षका लागि थुनामा राख्ने आदेश अनुसार बुधबार जिल्ला कारागार रुकुम पश्चिममा पठाईएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |