नेकपा एस निकट अनेरास्ववियूको जिल्ला सम्मेलन हुने
64x64
२०८० श्रावन १६ मंगलबार प्रेसपालिका संवाददाता
1921 Views

रुकुम पश्चिम १६, साउन ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) निकट अनेरास्ववियूले १६ औं जिल्ला सम्मेलन गर्ने भएको छ । यहि साउन २४ र २५ गते मुसिकोट खलंगामा सम्मेलन गर्न लागेको हो ।

संगठनका जिल्ला अध्यक्ष हुकुम विसीका अनुसार मंगलवार मुसिकोटमा बसेको छैटौं सचिवालय बैठकले यही महीनामा सम्मेलन गर्ने निर्णय गरेको छ । सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न संगठनका पदाधिकारीलाई विभिन्न जिम्मेवारी दिइएको छ ।

नेकपा एसका केन्द्रीय सदस्य देवी ओलीको प्रमुख आतिथ्यता तथा पार्टी उपसचिव धनराज खड्काको उपस्थितिमा सो बैठक सम्पन्न भएको छ । बैठकको संचालन रमेश मल्लले गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News