आठविसकोट : वडाले थाल्यो पसलमा अनुगमन
64x64
२०८० श्रावन १४ आइतबार प्रेसपालिका संवाददाता
594 Views

सत्य वटाला
रुकुम पश्चिम १४, साउन ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडानम्बर -५, ले पसल अनुगमन गरेको छ । वडाका सबै टोलका विभिन्न पसल र होटलहरुमा अनुगमन गरेको हो । गुणस्तरहिन, म्याद गुज्रिएका खाद्य वस्तुको मारमा उपभोक्ता नपरुन भन्ने उदेश्यले बजार अनुगमन गरिएको वडा अध्यक्ष घनश्याम भन्डारीले जानकारी दिनुभएको छ ।

उहाँँका अनुसार  किराना पसल, होटल, मदिरा पसल तथा कस्मेटिक लगायतका पसलहरुमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा म्याद गुुज्रिएका सामान, मुल्य सूचि नराखिएको पाइएको छ । त्यस्तै अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण भए नभएको, व्यवसायीले पसलको बोर्ड राखे नराखेकोे समेत अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा केही मात्रामा म्याद गुज्रिएका सामान फेला परेकाले बरामद गरिएको छ । चाउचाउ, चनाको सातु, दालमोड, गुल्कोज, चक्लेट, विस्कुट, फ्रुटी लगायतका सामान बरामद गरिएको छ । त्यस्तै फेला परेका म्याद गुज्रिएका सामान नष्ट गरिएको वडा  सचिव युवराज भन्डारीले जनकारी दिनुभएको छ ।

वडा अध्यक्ष भण्डारीको नेतृत्वमा वडा सचिव, नेपाल प्रहरी, नगर प्रहरी लगायतको टोलिले  बजार अनुगमन गरेको छ । आगामी दिनमा पनि यस्ता समस्या देखिएमा कारवाही गर्ने चेतावनी वडा कार्यालयले दिएको छ  ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |