पहिरोमा परेर दुई जनाको मृत्यु
64x64
२०८० श्रावन १४ आइतबार प्रेसपालिका संवाददाता
507 Views

रुकुम पश्चिम १४, साउन ।
रुकुम पश्चिममा आईतवार दिउँसो पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका वडानम्बर -७, को बाँसथलामा पहिरो खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । अन्य एकजना घाइते भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार मृत्यु हुनेमा वडानम्बर -७, का ४४ वर्षीय काली बहादुर खड्का र सोही स्थानकी ४५ वर्षीया धनमाया खत्री रहेकी छन्  । पहिरोमा परेर सोही स्थानकी ४२ वर्षीया बलकुमारी खत्री सामान्य घाइते हुनुभएको छ । घाइते खत्रीलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याउन लागिएको छ ।

भिरालो जमिनमा घाँस काट्दौ गर्दा टेकेको जमिन भासिएर तीनै जना पहिरो सङ्गै खसेको प्रहरीले बताएको छ । तीनै जना करिब ५ सय मिटर तल खसेको र ढुंगाले च्यापिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News