वन रक्षक पुस्तक : रुकुम पश्चिमका संघ सस्थाले बुझाए ध्यानाकर्षण पत्र
64x64
२०८० श्रावन ०९ मंगलबार प्रेसपालिका संवाददाता
342 Views

रुकुम पश्चिम ९, साउन ।
रुकुम पश्चिममा महिला अधिकारको क्षेत्रमा काम गर्ने सामाजिक संघ संस्थाले वनरक्षक पदका लागि लोकसेवा आयोग तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक प्रश्नोत्तर समावेश गरिएकोमा आपत्ति जनाउँदै कार्वाहीको माग गरेका छन् । जिल्लामा महिला अधिकारको क्षेत्रमा काम गर्ने १६ वटा संघ संस्थाले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त मार्फत ध्यानाकर्षण पत्र बुझाउँदै कावाहीको माग गरेका हुन् ।

वनसेवाका सहायक संरक्षण अधिकृत राम एकवाल दासद्वारा लिखित (गेमस्काउट वनरक्षक) पुस्तकमा समावेश गरिएको आपत्तिजनक प्रश्नोत्तर सम्बन्धी  महिला अधिकारकर्मीले सो पूस्तकका लेखक एकवाललाई कारबाहीको माग गरेका छन् । महिला अधिकारकर्मीहरुले पुस्तकका लेखक र प्रकाशक विद्या विकास पब्लिकेसन्सविरुद्ध कानुनी उपचार माग गरेका छन् ।

मंगलबार प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त मार्फत सम्बन्धि मन्त्रालयमा कारबाहीको माग गर्दै ध्यानाकर्षण गराएको ओरेकका जिल्ला संयोजक दिपा धितालले जानकारी दिनुभएको छ ।

‘पाठक वर्गमा गलत ज्ञान दिने, महिलाको चरित्रहत्या गर्ने, महिला अस्मिताको खिल्ली उडाउने अमानवीय शब्दप्रति खेद प्रर्कट गर्दछौं,’ ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।´ पुस्तकको १ सय ४३ पेजको १८ नम्बर प्रश्नमा महिलाबारे आपत्तिजनक कुरा सोधिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News