अखिल क्रान्तिकारी मुसिकोटले रोप्यो एकसय ५० विरुवा
64x64
२०८० श्रावन ०९ मंगलबार प्रेसपालिका संवाददाता
1323 Views

रुकुम पश्चिम ९, साउन ।
अखिल क्रान्तिकारी मुसिकोट नगर समिति रुकुम पश्चिमले मुसिकोटका विभिन्न क्याम्पस, विद्यालय र जिल्ला अस्पतालमा वृक्षरोपण गरेको छ । नगरका मुसिकोट खलंगा बहुमुखी क्याम्पस, जिल्ला अस्पताल सल्ले, सरस्वती मावि सल्ले र यमुना नन्द नमुना मावि सेरिगाउँमा वृक्षरोपण गरिएको हो ।

सदरमुकाम स्थित क्याम्पस, विद्यालय र अस्पतालमा वृक्षरोपण गर्ने कार्यक्रम अन्तर्गत नगरका १ क्याम्पस २ विद्यालय र जिल्ला अस्पतालमा १ सय ५० वटा विरुवा रोपिएको अखिल क्रान्तिकारी मुसिकोट नगर इन्चार्ज विशाल बिष्टले जानकारी दिनुभएको छ । उहाँका अनुसार कल्की, गोलमोहर र पारिजात जातका बिरुवा रोपिएको छ ।

वृक्षरोपण कार्यक्रममा स्ववियु सभापति रमेश लामिछाने, अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष तथा नगर इन्चार्ज विशाल बिष्ट, अखिल क्रान्तिकारी मुसिकोटका पदाधिकारी एवं सदस्य, क्याम्पसमा अध्यनरत विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News