वर्षाका कारण ग्रामीण सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती
64x64
२०८० श्रावन ०९ मंगलबार प्रेसपालिका संवाददाता
278 Views

रुकुम पूर्व ९, साउन ।
रुकुम पूर्वमा वर्षाका कारण विभिन्न खण्डको ग्रामीण सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ । पहिरोले ठाउँ-ठाउँका सडक अवरुद्ध हुँदा पैदलयात्री र सवारी साधनलाई आवतजावतमा समस्या भएको हो ।

जिल्लामा मध्यपहाडी लोगमार्ग सडक सञ्चालन भए पनि रुकुम पूर्वको तीनवटै स्थानीय तहको गाउँ बस्तीमा बर्षा सुरु भए संगै ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा ग्रामीण भेगका नागरिकको जन जीवन प्रभावित बनेको छ ।

केही दिन यता नियमित परेको वर्षाले भूमे गाउँपालिकाको वडानम्बर -९, को चुन्बाङ र ८ को कुचिबाङ सिमखोला, भूमे -६, को रुन्ति नाखे, तामारी खाम्दै महत, वडानम्बर -५, को डालिबाङ २ नम्बर वडाको गाबाङ आरु डाडाँ र ३ नम्बर वडाको मोराबाङ र क्याङसी, झुम्लाबाङको अधिकांश सडक अवरुद्ध भएका छन् ।

ग्रामीण सडक खुलाउनको लागि भूमे गाउँपालिकाको जेसिवि संचालनमा छ । तर जेसिवीले अवरुद्ध सडक सञ्चालमा ल्याइए पनि पानी पर्ने बित्तिकै सडक पुन: बन्द हुने गरेको बताइएको छ । विहान मर्तत गरेको सडक बेलुका  अवरुद्ध हुने गरेको सडक पूर्वाधार विकास कार्यालय  भूमे शाखाका सब ईन्जिनियर सन्तोष घर्ती मगरले बताउनुभएको छ । पालिकामा बजेट सिमित मात्रामा हुने भएकाले बर्षा सकिए लगतै दशैं आउनु भन्दा पहिले नै बन्द भएका सबै सडक असोज पछि मात्रै खुलाइने उहाँको भनाइ छ ।

स्थानीय सकारको स्थापना भई सकेपछि  गाउँ-गाउँमा सडक पुगिसकेका छन् । तर सिस्ने गाउँपालिकाको वडानम्बर -१, ठूलो सिस्ने र २ नम्बर वडाको छिपखोला तथा प्वाङ र पुथा उत्तरगंगा गाउँपालिकाको पेल्मा, रन्मा, हुकाम, मैकोट, अर्जल र जाङमा भने सडक बाटो पुग्न सकेको छैन । यी  बस्तीहरु लामो दूरीका साथै बिकट क्षेत्र पनि भएकाले र लागतमा पनि संघ तथा प्रदेशको मुख ताक्नुपर्ने अवस्था छ । स्थानीय सरकारको बजेट कम हुने हुँदा सो समस्या हुने गरेको छ ।

यस चालु आर्थिक वर्षमा कतिपय ठाँउहरुमा बजेट विनियोजन भएको छ भने कतिपय ठाँउहरुमा भने अझै केही वर्ष पर्खिनु पर्ने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News