स्थानीय तहको मुख्य लक्ष्य शिक्षा र स्वास्थ्य
64x64
२०८० श्रावन ०८ सोमबार प्रेसपालिका संवाददाता
284 Views

निराजन सिर्पाली
रुकुम पूर्व ८, साउन ।
सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले स्थानीय तहको मुख्य लक्ष्य शिक्षा र स्वास्थ्यमा रहेको बताउनुभएको छ। शिक्षाले समाजलाई गहिरो तरिकाले माथि उठाउन सक्ने भएकाले चालु आर्थिक वर्षमा गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष केन्द्रमा राखिने बताउनुभएको हाे ।

जसअनुरुप आर्थिक वर्ष ०८०/८१ मा शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी र सोही बमोजिमका कार्यक्रम  तय गरिने गाउँपालिका उहाँको भनाइ छ । हरेक नागरिकको चेतना स्तरमा परिवर्तन आए समाज आफै विकसित हुने र सबैकाे स्वास्थ्य अवस्था राम्रो भएमा देशको पनि चिन्तन गर्न सकिने अध्यक्ष रेग्मीले बताउनुभएको छ ।

त्यस्तै उहाँले स्थानीय तहदेखि राष्ट्रिय तहसम्म सरकारले गरेको राम्रा कामलाई विभिन्न राजनीतिज्ञ, बुद्धिजीवी तथा युवा वर्गले सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्ने बताउँदै कतिपय व्यक्तित्वले सिस्ने सरकारले गरेको राम्रा पक्षका कामलाई पनि गलत बनाउन खाेजेकाे भन्दै गुनासो राख्नुभएको छ ।

उहाँले स्थानीय सरकार र नागरिक समाजबिच नङ र मासुको जस्तो सम्बन्ध नभए सुशासन, समृद्वि तथा आर्थिक रुपान्तरण गर्नमा मद्दत नहुने बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |