निराजन सिर्पाली
रुकुम पूर्व ६, साउन ।
रुकुमकोट उद्योग बाणिज्य संघ रुकुम पूर्वले बजार क्षेत्रमा चोयाबाट बनेको डोकाकाे डस्टबिन राखेको छ । स्थानीय सीपकलालाई प्रबर्द्धन गर्दै बजार क्षेत्रको फोहोरलाई निश्चित ठाउँमा डम्पिङ गरेर फोहर मुक्त बजार बनाउने उदेश्यका साथ रुकुमकोट उद्योग बाणिज्य संघले पहिलो चरणमा रुकुमकोट बजार भित्र २० वटा डोकाको डस्टबिन राखेको हाे ।
शनिबार बिहान एक कार्यक्रमकाे आयाेजना गर्दै रुकुमकोट उद्योग बाणिज्य संघले बजार क्षेत्रकाे विभिन्न ठाउँमा स्थानीय सीपकला तथा चोयाबाट निर्माण गरिएका डाेकालाई डस्टबिनको रुपमा राखिएकाे उद्योग बाणिज्य संघका अध्यक्ष केविन्द्र गौतमले बताउनुभएकाे छ ।
त्यस्तै उहाँले जिल्लाका अन्य विभिन्न बजार क्षेत्रमा पनि क्रमिक रूपमा फोहोरलाई सही ठाउमा डम्पिङ गर्न रुकुमकोट उद्योग बाणिज्य संघ रुकुम पूर्वले स्थानीय सीपकलालाई प्रबर्द्धन गर्दै यस्ताे किसिमको डस्टबिन राखिने बताउनुभएको छ ।