निराजन सिर्पाली
रुकुम पूर्व ५, साउन ।
रुकुम पूर्वको भूमे गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठलाई बिदाइ गरिएको छ । शुक्रबार फेरि भेटौंला कार्यक्रमका बिच भूमे गाउँपालिकाले अधिकृत श्रेष्ठलाई बिदाइ गरेको हो ।
पहिलो स्थानीय तहको चुनाव बनाउनलाई आउनुभएको उहाँ भूमेमा कार्यरत हुनुभयो । अहिले भूमे गाउँपालिकाको कार्यालयबाट ६ बर्ष पछि बिदाइ हुनुभएको छ । विगत ६ बर्ष पहिले भूमे गाउँपालिकामा हाजिर हुनुभएका श्रेष्ठलाई आज औपचारिक रुपमा भूमे गाउँकार्पालिकाको कार्यालय खाबाङ बगरले उहाँलाई सम्मान सहित बिदाइ गरेको छ ।
कार्यक्रममा भूमे गाउँपालिका पूर्व अध्यक्ष राम सुर बुढाले प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको काम गर्ने शैलीको प्रशंसा गर्दै थुप्रै जटील कामहरु गर्दै विकास लाई तिव्र गतिमा बढाएको र भूमेको लागि उदाहरणीय काम गरेको बताउनुभएको छ । “कर्मचारीहरुको सम्बन्ध नङ र मासुको जस्तो भएको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, जहिले पनि साँझ र बिहान सधैं अधिकृत श्रेष्ठलाई कुर्सीमै देखे र मैले पनि उहाँ संग संगै कामहरू गर्दा कतिपय रात बिताउनुपर्यो ।”
त्यस्तै भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले पनि जनप्रतिनिधि र कर्मचारीबिच सहज वातावरण बनाइदिएको, आफुले कुनै पनि शाखाका कर्मचारीलाई राजनीतिक दृष्टिकोणले नहेरेको बताउँदै अझै थप प्रगतिको शुभकामना सहित आउने दिनहरूमा नेपाल सरकारको मुख्य सचिव भएको देख्ने भूमेवासीको अपेक्षा रहेको बताउनुभएको छ ।
उपाध्यक्ष सविना बुढाले पनि काम गर्दै जाँदा मतभेद तथा कतिपय रातहरु निकै कठिन र आँसुको साथमा रातरहरु बिताउनु परेको सम्झिदै श्रेष्ठले भूमेवासीका लागि दिएको यो योगदानलाई कहिल्यै नबिर्सने बताउनुभएको छ ।
फेरि भेटौंला कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले आफु २०७४ सालमा स्थानीय तह सुरु हुँदै गर्दा तीन महीनाको लागि मात्र भनेर आएको तर तीन महीना बितिसकेपछि पनि ६ महिना म्याद थप भएर अहिले ६ बर्ष बितेको र यो ६ वर्ष पनि भूमेवासीको माया तथा साथले ६ दिन जस्तो लागेको बताउनुभएको छ ।
भूमेबाट बिदाई हुनुभएका अधिकृत श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाडौंमा सरुवा भएर जानुभएको छ ।