वाइसीएल नेताले गरे बिरामीलाई आर्थिक सहयोग
64x64
२०८० श्रावन ०३ बुधबार प्रेसपालिका संवाददाता
183 Views

निराजन सिर्पाली
रुकुम पूर्व ३, साउन ।
नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग वाइसीएल नेपालका केन्द्रीय सदस्य एवम् रुकुम पूर्व  जिल्ला इन्चार्ज मनबहादुर विसीले एक बिरामीलाई आर्थिक सहयोग गर्नुभएको छ । रुकुम पूर्व सिस्ने गाउँपालिका वडानम्बर -६, पाखागाउँ निवासी ४२ वर्षीय मृगौला पीडित हरिबहादुर थापालाई सहयोग गर्नुभएको हो ।

उहाँले पीडित थापालाई १० हजार नगद रुपैयाँ सहयोग गर्नुभएको छ । थापाको उपचारमा थप सहयोग पुगोस् भनेर आफुले सानो सहयोग गरेको बताउनुभएको छ । साथै उहाँले अन्य सहयोगी मनलाई पनि थापाको उपचारमा सहयोग गर्न अपिल गर्नुभएको छ ।

मृगौला पीडित थापा केही समयदेखि फोक्सोमा पानी जम्दा कलेजो जीर्ण भइ हाल काठमाडौं मोडेल अस्पतालको बेडमा उपचाररत हुनुहुन्छ ।

थापाको आर्थिक अवस्था एकदम कमजोर बन्दै गएकाले उहाँको उपचारको लागि आर्थिक संकलन गर्ने काम अगाडि बढिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News