पानी परीक्षण गर्दा दिसामा पाइने जीवाणु भेटियो
64x64
२०८० श्रावन ०३ बुधबार प्रेसपालिका संवाददाता
1450 Views

निराजन सिर्पाली
रुकुम पूर्व ३, साउन ।
रुकुम पूर्वको सिस्ने र भूमे गाउँपालिकाको विभिन्न ठाउँमा पानी परीक्षण गर्दा दिसामा पाईने जिवाणु (इ.कोली) पाइएको छ । दुइवटा गाउँपालिकाको विभिन्न ठाउँको मुहान तथा धारामा गरिएको पानी परिक्षणमा कतिपय ठाउँको मुहानमा इ.कोली देखिएको हो ।

कतिपय ठाउँमा मुहान सफा देखिएपनि मुहानदेखी धारासम्म पुग्दाको अवधिमा प्रशस्त मात्रामा दिसामा पाईने जीवाणु (इ.कोली) देखिएको छ ।

सिस्ने र भूमे गाउँपालिकाको विभिन्न ठाउँमा पानी परिक्षण गरेर त्यसको नतिजा आइसकेपछि आज खानेपानी गुणस्तर निगरानी सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी स्वास्थ्य कार्यालय रुकुम पूर्वले सरोकारवालाहरुलाई जानकारी गराएको छ । स्वास्थ्य कार्यालयले गरेको पानी परीक्षणको प्रतिवेदन प्रस्तुत गर्दै स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक निमप्रसाद गिरीले भूमे गाउँपालिकामा भन्दा सिस्ने गाउँपालिकाको पानीमा धेरै इ.कोली देखिएको जानकारी गराउनुभएको छ ।

उहाँकाअनुसार भूमे गाउँपालिकाको ८ वटा ठाउँको पानी परीक्षण गरिएको थियो । जसमा तीन ठाउँको मुहानमा इ.कोली देखिएको छ भने ६ वटा ठाउँको पानी सफा देखिएको छ । सिस्ने गाउँपालिकामा भने ८ ठाउँको पानी परीक्षण गरिएको थियो । जसमा ७ ठाउँको पानीमा इ.कोली देखिएको छ । सिस्ने गाउँपालिकाको अमलाचौरको ट्याकीं, स्वास्थ्य कार्यालयको धारा, भक्तराज घरको धारा, लुस्पा धाराको मुहान र धारा बिचमा बग्ने पानी, लुस्पाको धारामा, स्वास्थ्य कार्यालयको धारामा र सिस्ने पधेराको धारामा इ.कोली देखिएको छ ।

त्यस्तै भूमे गाउँपालिकाको बरमायाको घर, काँक्रि स्वास्थ्यको धारा, भूमे गाउँपालिका खाबाङमा पुरानो धारामा इ.कोली देखिएको छ भने लुुकुम बजार सडक छेउको पानी, स्कुल धारा, काँक्रि बजार, काट्ने खोला, बोर्डिङको धाराको पानी सफा देखिएको ल्याब टेक्निसियन निरीक्षक गिरीले जानकारी गराउनुभएको छ ।

उहाँका अनुसार परीक्षण गरिएको पानीमा धमिलोेपना, पिएच, करेन्ट सप्लाई हुने क्षमता ठिक छ । मानविय गतिविधि बढी हुने ठाउँमा इ.कोली बढी देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । इ.कोलीले मानव स्वास्थ्यमा खासै असर नगर्ने तर इ.कोली भेटिएको पानीमा टाईफाइड, आउ र झाडापखाला जस्ता पानीजन्य रोगका किटाणुहरु हुन सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |