५४ जना पत्रकारको दुर्घटना बिमा
64x64
२०८० श्रावन ०३ बुधबार प्रेसपालिका संवाददाता
1320 Views

रुकुम पश्चिम ३, साउन ।
नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले शाखामा आबद्ध साधारण सदस्यहरु तथा जिल्लामा क्रियाशिल पत्रकारको दुर्घटना बिमा गरेको छ । समाचार संकलनका क्रममा विभिन्न जोखिमहरु मोलेर फिल्डस्तरमा खटिने भएकाले जिल्लाका ५४ जना पत्रकारको दुर्घटना बिमा गरेको हो ।

मुसिकोट नगरपालिकाको आर्थिक सहयोगमा विभिन्न सञ्चार माध्याममा कार्यरत पत्रकारको दुर्घटना बिमा गरिएको महासंघका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभएको छ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा ५४ जना पत्रकारको ५४ लाख बराबरको दुर्घटना बिमा गरिएको छ ।

यस कार्यले जोखिमपूर्ण अवस्थामा पत्रकारिता गरिरहेका पत्रकारलाई कामको लागि थप प्रोत्साहन हुने विश्वास लिईएको शाखा अध्यक्ष केसीले बताउनुभएको छ ।

नयाँलाई आकर्षण र क्रियाशिल पत्रकारलाई यस पेशामा टिकाउनको लागि शाखाले दुर्घटना बिमाको कार्यक्रम अघि सारेको उहाँको भनाइ छ । शाखाले नयाँ पत्रकार उत्पादन र क्रियाशिल पत्रकारको क्षमता विकासका लागि समेत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |