काठ दाउरा संकलक इच्छुक फार्मलाई सिस्नेको आह्वान
64x64
२०८० श्रावन ०२ मंगलबार प्रेसपालिका संवाददाता
1155 Views

निराजन सिर्पाली
रुकुम पूर्व २, साउन ।

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले काठ दाउरा संकलनका लागि इच्छुक फार्म, व्यक्ति तथा कम्पनीलाई एक सूचना मार्फत आह्वान गरेको छ । सिस्ने गाउँपालिका क्षेत्र भएर बग्ने सानीभेरी नदिमा आउने काठ दाउरा उकास्न तथा संकलनका लागि न्युनतम दररेट सहितको सूचना आह्वान गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र सिस्ने गाउँपालिकाको ढुङगा, गिट्टी बालुवा तथा पानीभित्रको काठ दाउरा सङ्कलन र निकासीका लागि सूचना आह्वान गरिएको गाउँपालिकाले बताएको छ ।

नदीको काठ दाउरा संकलन तथा जम्मा गर्न न्यूनतम दररेट रू ०.५० प्रति किलोग्राम तोकिएको छ । जसअनुरुप सानीभेरी नदीको दुबै तर्फको किनारालाई संकलन क्षेत्रको रुपमा तोकिएको छ ।

गाउँपालिकाले स्वीकृत प्रारम्भिक वातावरणीय प्रतिबेदनको अधिनमा रहि आर्थिक वर्ष ८०/८१ को आन्तिरक आय सम्बन्धी ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले काठ दाउरा संकलनका लागि तोकिएको न्यूनतम दररेट घटबढ नहुने बताएको छ ।

काठ दाउरा संकलनका लागि फार्म, व्यक्ति तथा कम्पनीलाई साउन ८ गते न्युनतम मूल्यमा रहेर  कबुल तथा सम्झौताका लागि (डाँक बढाबढ) गाउँपालिकामा बोलाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News