निराजन सिर्पाली
रुकुम पूर्व १, साउन ।
रुकुम पूर्वमा आर्थिक वर्ष ०७९/०८० मा सम्पन्न भए गरेका कामहरुको वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । आइतबार सिस्ने गाउँपालिका वडानम्बर -५, को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।
आर्थिक वर्ष ०७९/०८० मा भएका जन्म, मृत्यु, बसाइँसराइ, विबाह र सम्बन्ध बिच्छेद लगायत वार्षिक प्रतिवेदन वडा सचिव यमुना खड्काले प्रस्तुत गर्नुभएको छ । वडाध्यक्ष बिरेन्द्र बस्नेतले वडा कार्यलय भित्र भए गरेका काम र आर्थिक वर्षमा भएका काम, बजेट, योजना तथा कार्यक्रमहरुको बार्षिक रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।
जसअनुरुप विनियोजित बजेट ६९ लाख ९३ हजारको बजेटबाट भवन तथा घेराबार एवं सडक पुर्बाधार तथा सिचाइतर्फ खर्च भएको बताउनुभएको छ ।
त्यस्तै संघ तथा प्रदेश अन्तर्गतका विभिन्न कार्यलयहरुबाट वडाका लागि विनियोजित भएको कुल जम्मा रकम ९ करोड ७ लाख ८७ हजार २ सय बजेटबाट भए वडाको विकास निर्माणमा खर्च गरिएको छ ।
यसैगरी आर्थिक वर्षमा वडाको विविध काममा सहयोग गर्ने व्यक्तिलाई सम्मान पत्रले सम्मान गरिएको छ ।