रुकुम पश्चिम : एक वर्षमा ५ हजार बढीले लिए नयाँ नागरिकता
64x64
२०८० असार ३१ आइतबार प्रेसपालिका संवाददाता
1194 Views

रुकुम पश्चिम ३१, असार ।
रुकुम पश्चिममा चालु आर्थिक वर्ष ०७९/८० मा ५ हजार बढीले नयाँ नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आइतबार  सार्वजनिक गरेको वार्षिक कार्यसम्पादन विवरणमा एक वर्षको अवधिमा ५ हजार बढीले नयाँ नागरिकता लिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार ५ हजार एक सय ७६ जनाले नयाँ नागरिकता लिएका छन् । ३ हजार एकसय २३ जनाले प्रतिलिपी नागरिकता लिएका छन् । त्यस्तै दुईजनाले नागरिकता त्याग गरेको र एकजनाको नागरिकता रद्द गरिएको प्रजिअ पन्तले बताउनुभएको छ ।

यसैगरी प्रशासनबाट ८ हजार चार सय जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरिएको छ । जसअनुरुप ५ हजार १३ पुरुष र ३ हजार तीनसय ८७ महिला रहेका छन् ।

जिल्ला प्रशासनले चालु आर्थिक वर्षमा २ करोड ६५ लाख ९८ हजार तीनसय ३२ रुपैयाँ राजस्व संकलन गरेको छ । प्रशासनिक दण्ड जरिवाना, राहदानी दस्तुर, सस्था दर्ता तथा नवीकरण, हातहतियार/विष्फोटक पदार्थ अनुमति इजाजत तथा नामसारी/नवीकरण आदिबाट राजस्व संकलन गरिएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News