घर-घरमा स्टिकर टाँस अभियान सुरु
64x64
२०८० असार ३१ आइतबार प्रेसपालिका संवाददाता
861 Views

रुकुम पश्चिम ३१, असार ।
सुरक्षित कर्णाली विशेष कार्यक्रम २०८० अन्तर्गत रुकुम पश्चिममा आजदेखि घर-घरमा स्टिकर टाँस अभियान सुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुर्खेत र मुसिकोट नगरपालिका रुकुम पश्चिमको सहकार्य र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको आयोजनामा स्टिकर टाँस अभियान सुरु भएको हो ।

नागरिकको सुरक्षा तथा अपराध नियन्त्रणका लागि  प्रहरीको फोन नम्बर सहित घर-घरमा स्टिकर टाँस अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । जसअनुरुप रुकुम पश्चिमका ३८ हजार घरधुरीमा घरदैलो अभियान मार्फत प्रत्येक घरमा स्टिकर टाँस गरिने भएको छ ।

यसबाट नागरिकले कुनैपनि समयमा आफ्नो र सिङ्गो समुदायको सुरक्षाका लागि प्रहरीलाई आवश्यक सूचना दिन सक्ने छन् । यसले प्रहरीलाई समेत अपराध नियन्त्रण र रोकथाम गर्न ठूलो सहयोग पुग्ने भएको छ ।

यो अभियान आजदेखि कर्णाली प्रदेशका १० वटै जिल्लामा एकैसाथ अभियानका रुपमा शुभारम्भ गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News