दिवाखाजाको दिगोपना बारे छलफल
64x64
२०८० असार ३० शनिबार प्रेसपालिका संवाददाता
244 Views

निराजन सिर्पाली
रुकुम पूर्व ३०, असार ।
रुकुम पूर्वको भूमे गाउँपालिकामा रहेको मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विद्यालयमा खुवाउने दिवाखाजाको दिगोपना बारे छलफल गरिएको छ । मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र सुदूर पश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिवहरुको टिम बिच विद्यालयको दिवा खाजाको दिगोपनाका बारेमा छलफल तथा अन्तरक्रिया गरिएको हो ।

विशेषगरी विद्यालयमा विद्यार्थीहरुलाई दिवा खाजा कुन समयमा र कसरी खुवाउँदा विद्यार्थीहरु स्वस्थ र निरोगी हुन्छन् भन्नेबारे छलफल भएको बताइएको छ । कार्यक्रममा सामाजिक विकास मन्त्रालय सुदूर पश्चिम प्रदेशका उपसचिव गणेशबहादुर सिंहले कृषकलाई आत्मनिर्भर बनाउनका लागि सरकारले अनुदान दिएर बाहिर बाट आउने जन्कफुड तथा विषादी खाद्यान्न बस्तुलाई रोक्न सकिने बताउनुभएको छ ।

त्यस्तै मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक समिति अध्यक्ष रामसुर बुढाले पहिलेको भन्दा पछिल्लो समयमा कृषकहरुले आफूले उत्पादन गरेका अर्गानिक कृषि  उत्पादनहरुलाई सहकारी सम्म लिने र सहकारीमा संकलन भएको चिज बस्तुहरु लिएर घर फर्किने गरेको बताउनुभएको छ । उहाँले आफू पालिका अध्यक्ष हुँदा पालिकाको भवन आफ्नै परिकल्पना बाट निर्माण गरि पाँच वर्षे कार्यकाल इमान्दारी पूर्वक सकाएर अहिले जनतालाई आर्थिक रुपमा माथि उकास्नु पर्छ बन्ने उदेश्यका साथ कृषिमा उद्यमी बनाउने हिसाबले अहिले आफू सहकारीलाई माथि उकास्न सहकारीको अध्यक्ष भएर काम गरिरहेको बताउनुभएको छ । उहाँले अहिले देशै भरका खुला बजारहरुले सहकारीलाई चुनौती दिइरहेको बताउनुभएको छ ।

छलफल तथा अन्तरक्रियामा सामाजिक विकास मन्त्रालय सुदूर पश्चिम प्रदेशका उपसचिव सिंह, शाखा अधिकृत गोपाल दत्त जोशी र लोकेन्द्र भट्ट, डब्लु एफ पि का कार्यक्रम अधिकृत मनोज कुमार शाह, मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक समिति अध्यक्ष तथा भूमे गाउँपालिका निवर्तमान अध्यक्ष रामसुर बुढा, सञ्चालक समितिका सदस्यहरु लगायत किसानहरुको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |