सानीभेरी गाउँपालिकाको बजेट सर्वसम्मत पास
64x64
२०८० असार ३० शनिबार प्रेसपालिका संवाददाता
220 Views

रुकुम पश्चिम ३०, असार ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको आगामी आर्थिक वर्ष ८०/०८१ को बजेट पास भएको छ । १३ औं गाउँसभाको तेस्रो बैठकले शनिबार सर्वसम्मत रुपमा ५० करोड ६७ लाख बराबरको बजेट परिमार्जन सहित पास गरेको हो ।

 उपाध्यक्ष कमला रोका पुनले १३ औं गाउँ सभाको दोस्रो बैठक असार १० गते ५० करोड ६७ लाख ५८ हजार १ सय २९ रुपैयाँको बजेट पेश गर्नुभएको थियो ।

आगामी वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वबाट १ करोड ५१ लाख, संघीय सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँडबाट ९ करोड ४९ लाख ८ सय, संघबाट प्राप्त हुने समानीकरण अनुदान ९ करोड ९ लाख, कर्णाली प्रदेशबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट ५ लाख १२ हजार ३ सय २९ रहेको छ ।

प्रदेशबाट प्राप्त हुने समानीकरण अनुदान ९७ लाख ६७ हजार, संघबाट प्राप्त हुने सशर्त अनुदान चालु तर्फ २० करोड ३० लाख र सशर्त अनुदान पुँजीगत तर्फ १ करोड ११ लाख रहेको छ ।

त्यस्तै संघको समपुरक अनुदान ५० लाख र विशेष अनुदान चालु ५० लाख, विशेष अनुदान पुँजीगत ७५ लाख, कर्णाली प्रदेश समपूरक अनुदान ५० लाख, सशर्त अनुदान मार्फत ४ करोड ५८ लाख ८८ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

यसका साथै गाउँपालिकाको चालु आर्थिक वर्षको मौज्दात १ करोड ७५ लाख समेत आगामी आर्थिक वर्षमा खर्च हुने गाउँपालिका उपाध्यक्ष कमला रोका पुनले प्रस्तुत गरेको विनियोजन विधेयकमा उल्लेख छ ।

यसैबिच सभाबाट आर्थिक विधेयक २०८० पनि पास गरिएको छ । सामाजिक विकास समितिका संयोजक शेर बहादुर खड्काले सभामा पेश गर्नुभएको आर्थिक विधेयक सभाबाट सर्वसम्मत पास गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News