दुई सहकारी सहित १३ जना उत्कृष्ट किसान पुरस्कृत
64x64
२०८० असार २९ शुक्रबार प्रेसपालिका संवाददाता
274 Views

रुकुम पश्चिम २९, असार ।
रुकुम पश्चिममा कृषि विकास कार्यालय र पशु  सेवा कार्यालयले २ सहकारी सहित १३ जना उत्कृष्ट किसानलाई पुरस्कृत गरेका छन् ।  कृषि तथा पशु क्षेत्रमा उत्कृष्ट काम गर्ने किसानहरु छनौट गरेर पुरस्कार सहित सम्मान गरिएको हो ।

शुक्रबार मुसिकोटमा कृषि विकास कार्यालयले ८ जना र पशु अस्पताल तथा पशु सेवा कार्यालयले ७ जना उत्कृष्ट किसानहरु छनौट गरेर नगद सहित पुरस्कृत गरेको छ ।  पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख ज्ञानु कुमार शर्माका अनुसार पुरस्कृत तथा सम्मानित हुनेहरुमा बाख्रापालक किसानतर्फ आठविसकोट नगरपालिका -१२, का इकर्के पुन, भैंसीपालक किसानतर्फ मुसिकोट नगरपालिका -४, का राजु ओली र बंगुरपालनतर्फ मुसिकोट नगरपालिका -४, का लुमा खड्का बुढामगर रहेका छन् ।

त्यसैगरी घाँस विकास तर्फ मुसिकोट नगरपालिका -४, का पल बहादुर खड्का, माछापालन तर्फ आठविकासकोट नगरपालिका -७, का तिलक बुढा, विशिष्ट जातको कालिज पालनतर्फ चौरजहारी नगरपालिका -४, का धिरज भण्डारी र सहकारी तर्फ मुसिकोट नगरपालिका -४ स्थित सिद्धार्थ सहकारी संस्थालाई सम्मान गरिएको छ ।

पुरस्कृत तथा सम्मानित हुनेहरु मध्य सहकारीका रिमा खड्कालाई नगद बीस हजार पुरस्कार, प्रमाणपत्र र दोसल्ला सहित सममान गरएिको छ । अन्य ६ जनालाई भने नगद दश हजार पुरस्कार सहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको बताइएको छ ।

त्यसैगरी कृषि विकास कार्यालयले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारका लागि छनौटमा परेका ८ जना किसानलाई पुरस्कृत तथा सम्मान गरेको छ । कृषि विकास  कार्यालयका निमित्त कार्यालय प्रमुख मिन बहादुर केसीका अनुसार सम्मानित हुनेहरुमा मौरीपालक किसानतर्फ बाँफिकोट गाउँपालिका -४, का नरबहादुर चन्द, फलफूल खेती (कागती) तर्फ त्रिवेणी गाउँपालिका -२, का पुष्पलाल बोहरा, फलफूल (किवी) तर्फ बाँफिकोट गाउँपालिका -७, का चुके शाही र खाद्यान्नबाली बीउ तर्फ मुसिकोट नगरपालिका -७, का किसान याम कुमारी पाण्डे सम्मानित भएका छन् ।

त्यस्तै तरकारी बीउ तर्फ सानीभेरी गाउँपालिका -९, का टंक प्रकाश खड्का, च्याउ सिताके उत्पादन गर्ने किसान त्रिवेणी गाउँपालिका -५, बिमला ओली, तरकारी खेती तर्फ मुसिकोट नगरपालिका -३, का चक्रबहादुर बिष्ट र सहकारीतर्फ चौरजहारी नगरपालिका -१०, का किसान गोपा बिएम सम्मानित भएका छन् ।

सहकारी तर्फबाट सम्मानित हुने गोपा बिएमलाई नगद बीस हजार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । अन्यलाई नगद दश हजार, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको निमित्त प्रमुख केसीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |