समुदाय-प्रहरी साझेदारी : नागरिक सुनुवाई सम्पन्न
64x64
२०८० असार २९ शुक्रबार प्रेसपालिका संवाददाता
296 Views

निराजन सिर्पाली
रुकुम पूर्व २९, असार ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले समुदाय प्रहरी साझेदारी अन्तरगत नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । भूमे गाउँपालिकाको सभाहलमा आर्थिक वर्ष ०७९/८० मा भए गरेका काम तथा प्रहरी मातहतका इलाका प्रहरी, प्रहरी चौकी, प्रहरी पाेष्ट र वैकल्पिक प्रहरी पाेष्टकाे अवस्था र काम कार्वाहीकाे बारेमा जानकारी गराउँदै सुनुवाई कार्यक्रम सम्पन्न गरिएको  हाे ।

नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक गणेश पाण्डेले वार्षिक रुपमा भए गरेका काम कार्वाहीका विषयमा जानकारी गराउनुभएको छ । उहाँले चालु आर्थिक वर्षमा आम नागरिकलाई प्रदान गरिएको सेवा प्रवाह, भए गरेको प्रगति विवरण र प्राप्त गुनासोहरुको सुनुवाई गर्नुभएको हाे ।

साथै निरीक्षक पाण्डेले कुनैपनि समस्या तथा गुनासोहरु भए आफु लगायत हरेक प्रहरी युनिटहरुमा जानकारी दिन आग्रह गर्नुभएको छ ।

यसैगरी कार्यक्रममा बाेल्दै प्रमुख अतिथि तथा भूमे गाउँपालिका अध्यक्ष हाेम प्रकाश श्रेष्ठले प्रहरीले संधै देश र जनता प्रति बफादार रहेर काम गरेको तर समुदायमा प्रहरीलाई हेर्ने नजर अलि फरक हुने गरेकाेमा त्यस्तो व्यवहार परिवर्तन गर्न युवा तथा शिक्षितवर्ग लाग्नुपर्ने बताउनुभएको छ ।

प्रहरी निरीक्षक गणेश पाण्डेकाे अध्यक्षतामा सुरु भएको सो नागरिक सुनुवाई तथा अन्तरक्रियामा गाउँपालिका अध्यक्ष श्रेष्ठकाे प्रमुख आतिथ्यता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |