वृक्षारोपण गरियो
64x64
२०८० असार २९ शुक्रबार प्रेसपालिका संवाददाता
149 Views

निराजन सिर्पाली
रुकुम पूर्व २९, असार ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडानम्बर -४, मा शुक्रबार वृक्षारोपण गरिएको छ । वडाको दादिङ देवलबाेटकाे मसिनो मेला देखि ठुलो मेला सम्म ४ हजार देबदारकाे विरुवा रोपिएको हाे ।

पिमा नेटा सामुदायिक वन समितिका अध्यक्ष जंग बहादुर बुढा र नौमेला सामुदायिक वन समितिका अध्यक्ष बेग बहादुर बुढाको संयुक्त अगुवाइ तथा पहलमा वृक्षरोपण गरिएको नौमेला सामुदायिक वन समितिका सह-सचिव प्रकाश बुढाले जानकारी दिनुभएको छ।

उहाँका अनुसार उक्त विरुवा समितिकै लगानीमा चुन्बाङ बाट खरिद गरि जनश्रमदान बाट लगाइएको छ । वन समितिले बिरुवा लगाइएको क्षेत्रमा गाई तथा भेडा बाख्रा नचराउन आग्रह गरेको छ । यदि कसैले अटेर गरी नियम उलंघन गरे कानुन अनुसार जरिवाना गरिने बताइएकाे छ ।

बाढी तथा पहिरो रोक्न र भावी पुस्तालाई आयआर्जनमा टेवा पुगोस् भन्ने उदेश्यले बिरुवा रोपिएको जानकारी दिइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News