दुई सदस्यलाई मेरो माइक्रोफाइनान्सको उपचार खर्च
64x64
२०८० असार २८ बिहिबार प्रेसपालिका संवाददाता
607 Views

रुकुम पश्चिम २८, असार ।
मेरोमाइक्रोफाइनान्स लघुबित्त वित्तीय संस्था लिमिटेड जाजरकोट शाखाले शाखाका दुई जना सदस्यलाई उपचार खर्च प्रदान गरेको छ । दुर्घटनामा परि घाईते भएका शाखाका सदस्यलाई प्राथामिक उपचार बापत रकम हस्तान्तरण गरेको हो ।

नलगाड नगरपालिका वडानम्बर -५, सिर्केबजार स्थित मेरो सिर्के महिला केन्द्रमा बचत तथा कर्जाको कारोबारो गर्दै आउनुभएका राधिका कुमारी सिंह र  भगवती कुमारी कुमाइलाई मेरोमाइक्रोफाइनान्स लघुबित्त वित्तीय सस्थां लिमिटेडले कालिमाटी शाखाले दुई/दुई हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ ।

बैशाख ११ गते कालिमाटी बजार जाँदै गर्दा बाटोमा अटाे दुर्घटनामा परि सदस्य सिंहको हात भाँचिएको थियो भने सदस्य कुमाइको टाउकोमा चोट लागेको थियो ।

त्यस्तै रुकुम पश्चिम आठबीसकोट नगरपालिका वडानम्बर -९, बटालागाँउ स्थित मेरो सातपाखा महिला केन्द्रमा बचत तथा कर्जाको कारोबारो गर्दै आउनुभएकी सदस्य दल कुमारी केसीलाई पनि २ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । गत बैशाख २ गते घर आगजनी भएपछि आवास क्षेती बापतको रकम हस्तान्तरण गरिएको शाखा प्रबन्धक प्रेम बहादुर विकले जानकारी दिनुभएको छ ।

मेरोमाइक्रोफाइनान्सले ६४ जिल्लामा १ सय ५० शाखा कार्यालयबाट विभिन्न जिल्लाहरुमा १ लाख ६० हजार भन्दा बढी घरधुरीहरुलाई वित्तीय सेवा दिंदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |