प्रचण्ड पत्नी सीताको निधनमा शोक सभा
64x64
२०८० असार २८ बिहिबार प्रेसपालिका संवाददाता
926 Views

निराजन सिर्पाली
रुकुम पूर्व २८, असार ।
रुकुम पूर्वमा नेकपा (माआवादी केन्द्र) सिस्ने गाउँपालिका गाउँ समितिले पार्टीका सल्लाहकार एवं पार्टी अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रती श्रद्धाञ्जली अर्पण तथा शोकसभा गरेकाे छ ।

बिहीबार नेकपा (माआवादी केन्द्र) सिस्ने गाउँपालिका गाउँ समितिले सिस्ने गाउँपालिकाकाे छिप्रिदह स्थित एक कार्यक्रमकाे आयाेजना गर्दै प्रचण्ड पत्नी दाहालको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा शोकसभा गरिएको हाे ।

नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रीय सदस्य मेघ बहादुर श्रेष्ठको प्रमुख उपस्थितिमा सो शोक  सभा तथा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।

शोक सभा तथा भावपूर्ण श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै बैकल्पिक केन्द्रीय सदस्य श्रेष्ठले सिता दाहालकाे निधनले परिवारलाई मात्र नभई पार्टी र सिङ्गो देशलाई ठूलो क्षति भएको बताउनुभएको छ ।

त्यस्तै उहाँले देशकाे नेतृत्व गर्ने व्यक्तिको श्रीमती भएर पनि कहिल्यै शक्ति र सत्ताको आडमा देश र जनतालाई क्षति पुग्ने गरि तथा दुख दिने काम नगरेको बताउँदै सबै राजनीतिक दलका शिर्ष नेताले उहाँको जीवनबाट असल गुण सिक्नुपर्ने बताउनुभएको छ ।

उक्त शोकसभा तथा श्रद्धाञ्जली अर्पण कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का बैकल्पिक केन्द्रीय सदस्य श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समिति सदस्य तिर्था पुन, पार्टीका सिस्ने गाउँ समिति इन्चार्ज कृष्ण रेग्मी, सिस्ने गाउँ समिति  उपाध्यक्ष गाेवर्धन बुढा लगायतको उपस्थिति रहेको थियो ।

प्रचण्ड पत्नी दाहालको बुधबार बिहान उपचारको सिलसिलामा काठमाडौ स्थित नर्भिक अस्पतालमा  निधन भएको  हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |