पालिकाको सेवा बन्द
64x64
२०८० असार २७ बुधबार प्रेसपालिका संवाददाता
219 Views

रुकुम पश्चिम २७, असार ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले पालिकाबाट हुने सम्पूर्ण सेवाहरु स्थगित गरेको छ । गाउँपालिकामा कार्यरत इन्जिनियर रेशम लम्साल माथि बुधवार कुटपिट भएपछि पालिकाबाट हुने सम्पूर्ण सेवाहरु स्थगित गरिएको हो ।

आज पालिकामा कार्यरत कर्मचारीले संयुक्त विज्ञप्ति निकाल्दै यस्तो जनाएका हुन् । `प्राविधिक मुल्यांकनमा नापजाच गर्दा नियम विपरित नगरेको कामको मुल्यांकन गर्न दबाब दिने, लागत अनुमान बेगरको मुल्यांकन उठाउन दबाब दिने, नउठाए जे पनि हुन सक्ने भनि धम्की दिने, जोसुकै भएपनि कानुनी कठघरामा उभिनुपर्दछ, यस्ता अपराध क्षम्य हुन सक्दैनन र हुन पनि हुँदैन विज्ञप्तिमा भनिएको छ ।´

`आपराधिक नियतले एक राष्ट्रसेवक इन्जिनियरमाथि आफ्नो कर्तव्य पालनाको सिलसिलामा विच वाटोमै कानून समेत आफ्नो हातमा लिइ भएको कुकर्म प्रति हामी स्तब्ध छौं । यस्ता कर्मले विस्तारै स्थानीय तहमा कर्मचारी बस्नै नसक्ने वातावरण सिर्जना हुँदै छ । यो बिडम्वनाको विषय हो । स्थानीय तहमा कार्यरत कर्मचारीको सेवाको सुरक्षाको प्रत्याभुति हुनुपर्ने र दोषीमाथि कडा भन्दा कडा कारवाही हुनपर्ने हाम्रो जोडदार माग रहेको छ | स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी न्यायीक निरुपण नहुँदासम्म पालिकाबाट हुने सम्पूर्ण सेवाहरु स्थगित गरिएको व्यहोरा सबैमा जानकारी गराउँदछौं । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमा चाहन्छौ । विज्ञप्ति भनिएको छ ।´

ओलीले भने यो घटनामा योजना मुल्यांकनको कुनै पनि सम्बन्ध नभएको बताउनुभएको छ । सिम्लीमा निर्माण भइरहेको कवर्डहलका विषयमा इन्जिनियर लम्सालले आफुले नभनेको कुरा कवर्डहल निर्माण समितिमा हाल्दिंदा विवाद सृजना भएको बताउनुभएको छ । आफूले नभनेको कुरा भनेर इन्जिनियर लम्सालले आफु र कवर्डहल निर्माण समितिका विचमा विवाद सृजना गर्न खोजेपछि आफुले त्यसो नभएको निर्माण समितिलाई बुझाइरहेका बेला इन्जिनियर लम्साल पनि सोही ठाउँमा आएपछि माहोल उग्रह बनेको ओलीको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News