आठ वर्षपछि नवीकरण
64x64
२०८० असार २७ बुधबार प्रेसपालिका संवाददाता
280 Views

रुकुम पश्चिम २७, असार ।
व्यापारीहरुको छाता संगठन रुकुम उद्योग वाणिज्य संघ ८ बर्ष पछि नविकरण भएको छ । २०७२ साल यता नविकरण नभएको संघमा नयाँ नेतृत्व पाए संगै ८ बर्ष पछि नविकरण गरिएको हो ।

संघको आन्तरिक किचलो, कोभिड लगायतका विभिन्न कारणले गर्दा हाल सम्म नवीकरण हुन नसकेको रुकुम उद्योग वाणिज्य संघका महासचिव अनिल बुढा मगरले जानकारी दिनुभएको छ । सघंको लेखा परिक्षण लगायत आवश्यक प्रक्रिया मिलाएर ८ बर्षको १६ हजार २ सय ५० रुपैया तिरेर नविकरण गरिएको बुढाको भनाई छ ।

हाल सम्म संस्था नै वैध नभएको अवस्थामा सुरुमा संस्थालाई वैध बनाउन लागेको र अव ब्यापारीका हक हितमा केन्द्रीत रहेर काम गर्नुका साथै अबदेखि  काम गर्न सहज हुनुका साथै व्यवसायीको संघ प्रतिको विश्वास पनि बढ्दै जाने महासचिव बुढाले जानकारी दिनुभएको छ ।

गत जेठ ८ गते भएको १४ औं साधारण सभा तथा १२ औं अधिवेशनले नयाँ नेतृत्व चयन गरे संगै रुकुम उद्योग वाणिज्य संघ चलायमान बनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News