इन्जिनियरमाथी कुटपिट
64x64
२०८० असार २७ बुधबार प्रेसपालिका संवाददाता
1789 Views

रुकुम पश्चिम २७, असार ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका इन्जिनियर रेशम लम्सालमाथी कुटपिट भएको छ । बुधबार बिहान कार्यालय जाने क्रममा सिम्ली बजारमा कुटपिट भएको हो ।

सानीभेरी गाउँपालिका वडानम्बर -३ निवासी स्थानीय युवा गोविन्द प्रकाश ओलीले इन्जिनियर लम्साललाई बेल्टापु रंगशाला निर्माण योजनाको प्राविधिक मुल्यांकन कम गरेको भन्दै कुटपिट गरेको बताइएको छ । प्रदेश सरकारबाट निर्मित बेल्टापु रंगशाला ५० लाखको योजनाको मुल्यांकन ३६ लाख भएको थियो ।

सो योजनाको भुक्तानी समेत भएको सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक बुढाथोकीले जानकारी दिनुभएको छ । कानुनलाई हातमा लिएर कर्मचारीमाथी कुटपिट हुनु निन्दनीय  भएको र दोषिमाथी कानुन अनुसारको कार्वाही  हनुपर्ने साथै इन्जियरले नै गल्ती गरेको भए पनि नियमानुसार कार्वाही गर्ने कानुन हुँदाहुँदै कुटपिट गर्नु दुखद भएको अधिकृत बुढाथोकीको भनाइ छ ।

उता ओलीले भने मुल्यांकनको विषय नभएर सिम्लीमा निर्माण भएको कवर्ड हलको विषयलाई लिएर इन्जिनियरले अरु सित आफ्नो बारेमा कुरा गरेकोले आक्रमण गर्न बाध्य भएको बताउनुभएको छ । इन्जिनियरलाई ३ पटक टाउकोमा र एक पटक खुट्टाले पेटमा हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

ओलीलाई सिम्ली प्रहरीले नियन्त्रणमा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News