भारतमा गएको पहिरोले एकै घरक तीन जनाको मृत्यु
64x64
२०८० असार २६ मंगलबार प्रेसपालिका संवाददाता
318 Views

रुकुम पश्चिम २६, असार ।
भारतमा पहिरोले पुरिंदा एकै घरका तीन जना नेपालीको मृत्यु भएको छ । हिमाचल प्रदेश सिम्ला जिल्लाको क्यारामा गएको पहिरोमा पुरिएर रुकुम पश्चिमका तीन जनाको मृत्यु भएको हो ।

जिल्लाको त्रिवेणी गाउँपालिका–९, खहरेका ५० वर्षीय देबहादुर ओली, उहाँकी ४८ वर्षीया श्रीमती भिमा ओली र १६ वर्षीय कान्छो छोरा मोहन ओलीको सोमबार बिहान मृत्यु भएको हो ।

त्रिवेणी गाउँपालिका–९, का वडाध्यक्ष हरिबहादुर खड्काले पनि बिहान साढे १० बजेदेखि ११ बजेको बिचमा अविरल वर्षापछि झरेको पहिरोको कारण उनीहरूको मृत्यु भएको खबर पाएको बताउनुभएको छ ।

क्यारामा विगत तीन–चार दिनदेखि अविरल वर्षा भइरहेको र उनीहरू कोठाभित्रै रहेको बेलामा पहिरो खसेको वडाध्यक्ष खड्काको भनाइ छ । वडाध्यक्ष खड्काका अनुसार आमा भिमा र छोरा मोहन २२ दिनअघि मात्रै त्यहाँ पुगेका थिए ।

देवबहादुर भने गत मंसिरतिर सुरुमा उत्तर प्रदेशको पौरी गएका थिए । त्यहाँबाट उनी पछिल्लो समय सिम्ला पुगेका हुन् ।

भिमाका जेठा छोरा पनि उनीहरूसँगै बस्ने गरेका थिए । तर पहिरो आएको बेलामा बाहिर भएकाले उनी जोगिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |