पत्रकारको हकहित र अधिकारको पक्षमा छौं : अध्यक्ष पोख्रेल
64x64
२०८० असार २४ आइतबार प्रेसपालिका संवाददाता
1573 Views

रुकुम पश्चिम २४, असार ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले श्रमजीवी पत्रकारको पेशागत सुरक्षा हकहित र अधिकारको पक्षमा रहेको बताउनुभएको छ । आइतबार मुसिकोटमा आयोजित स्थानीय सरकार र मिडिया सवाल विषयक अनुशिक्षण कार्यक्रममा बोल्दै पत्रकार महासंघ श्रमजीवी पत्रकारको अधिकारमा लडिरहेको बताउनुभएको हो ।

पछिल्लो समय देशका केही मिडिया र संचालकले श्रमजीवी पत्रकारको श्रम शोषण गरिरहेका कारण सम्वाद, दबाब र अभाव अनुसार महासंघले भुमिका निर्वाह गरिरहेको अध्यक्ष पोख्रेलको भनाइ छ । उहाँले यी तीनै पक्षलाई मुख्य रुपमा अगाडि सार्दै श्रमजीवी ऐन पूर्ण रुपमा लागू गर्न समेत लागिपरेको बताउनुभएको छ ।

बलियो पत्रकारितालाई स्थापित गर्नका लागि पत्रकारितामा लगानीको वातावरण निर्माण, मिडिया नीति र प्रशिक्षण प्रतिष्ठान खोल्न सरकार संग आग्रह गरिने बताउनुभएको छ । यसबाट आम पत्रकारको हकहित स्थापित गर्न सहज हुने विश्वास उहाँले गर्नुभएको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले कुनैपनि सञ्चार  मिडियामा नियुक्ति लिएर मात्रै पत्रकारलाई काम गर्न समेत आग्रह गर्नुभएको छ । यसले पत्रकारको पेशागत अधिकार र श्रमको सुनिश्चितता हुने उहाँको भनाइ छ ।

नेपाल पत्रकार महासंघ रुकुम पश्चिम्को आयोजना तथा मुसिकोट नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमको समेत उपस्थिति रहेको थियो ।

यसैबीच नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले आजै अध्यक्ष पोख्रेललाई १४ बुदे ज्ञापन पत्र समेत बुझाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |